विराटनगर, २७ असोज । प्रदेश १ मा आज ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरंगको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १-१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १-१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।
प्रदेश १ मा आज १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४-४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन ।
प्रदेश १ मा आज १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen