असोज २७, मंगलबार । गत असोज २४ गत बेलुका करिब साढे ८ बजे तिर पिडितलाई ओके (OK) लेखिएको इमो प्रयोग कर्ता केटिले सामाजिक सञ्जाल (IMO) इमोमा फोन गरी तपाई २०२० को ईमो लट्रि विजेता हुनु भयो, भारतीय रकम रु.२५,००,०००।-(पच्चिस लाख) बिजेता हकदार हुनुभयो । कृपया, राना प्रताप सिंहको ईमोमा तत्काल सम्पर्क गर्नुहोला भनि बताएकोले ईटहरी -२ वस्ने वर्ष २५ को एक युवकले आफुलाई चिठ्ठा परेकोमा बिश्वास गरी ईमोमा सम्पर्क गर्दा उक्त रकमको विजेता हुनु भएकोमा बधाई छ भन्दै स्टेट बैक अफ ईण्डियाको परिचय पत्र र कौन बनेगा करोडपतिको सिनियर अफिससरको परिचयपत्र समेत पिडितको (IMO) इमोमापठाई दिई थप विश्वास दिलाएको रहेछ।
भोलिपल्ट विहान सम्पर्क गर्दा शुभकामना दिई उक्त रकम पठाउन नेपाल सरकारलाई नेपाली नगद रु.२२,५००।- टयाक्स वुझाउनु भनि नजिकैको आई.एम.ई.आई (IMO) बाट अरबिन्द्र कुमार कामती (नेपाल हेर्ने हाम्रो कम्पनि अफिसर) को नाममा सिरहामा पठाउन लगाएको । सो रकम पाएको केही समय पछी, चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली रु.५५,०००। ( दिनु पर्ने भयो सोही नाममा पठाउनु भनेपछी पिडितले आफु ठगिएको थाहा पाई ईलाका प्रहरी कार्यलय ईटहरीमा जानकारी गराउनु भएको हो ।
अनुसन्धानको क्रममा निज कामतीलाई असोज २५ गते नै आइ.एम.इ.बाट रकम लिईहिडेको अवस्थामा सिराहमा फेला पारी नियन्त्रणमा लिईएकोमा आजै सम्मानित जिल्ला अदालत सुनसरीवाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया वढाईएको जिल्ला प्रहरी कार्यलयले प्रेस ब्रफिङ्ग मार्फत जानकारी दिएको छ । इमो, फेसबुक, म्यासेन्जर लगायतका सामाजिक संजालहरु मार्फत चिट्ठा पर्योन भनि कसैलाई पनि ठगी गर्न सक्ने भएकोले सचेत रहन हुन समेत जिल्ला प्रहरी कार्यालय सुनसरी सवैमा प्रेस ब्रफिङ्ग मार्फत अनुरोध गर्दछ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen