
सुनसरी,२७ असोज । गत असोज २६ सुनसरीको धरान उप-म.न.पा. वडा नं. ०८ साम्पाङ चोकमा धरान उप-म.न.पा. वडा नं. १५ बिशाल चौक बस्ने दिलिप रोक्काको छोरा बर्ष ३८ को बिजय कुमार रोक्कालाई को.१० प ६२५९ नं. पल्सर मोसा. चलाई ईटहरीबाट धरानतर्फ शंकास्पद अवस्थामा आउदै गरेको बखत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि निजको शरीर चेकजाँच गर्दा नगद रु.१०९६०।-(अक्षरेपी दश हजार नौ सय साठी मात्र), ब्राउन सुगर १२.५०० ग्राम लागुऔषध समेत फेला परेको हो । उक्त फलापारिएको लागुऔषध सहित निजलाई पक्राउ गरीएको छ ।

त्यसगरी उनको साथमा रहेको को १० प ६२५९ नं. को पल्सर मोटर साहिकल र एक थान सादा कालो रंगको मोबाइल समेत नियन्त्रणमा लिएको छ । उक्त नियन्त्रित लागुऔषध, नगद पौसा र अन्य सामाग्रीहरु लिइ लागु औषध नियन्त्रण ऐन २०३३ वमोजिमको प्रकृया वढाईएको जिल्ला प्रहरी कार्यलयले प्रेस ब्रिफिङ्ग मार्फत जानकारी दिएको छ ।
।