विराटनगर, २६ असोज । प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३-३, मिक्लाजुङ र कटहरीमा २-२, सुनबर्षी, ग्रामथान र जहदामा १-१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २-२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३, झापाको दमक र भद्रपुरमा ३-३, अर्जुनधारा र स्थानीय तह नखुलेका १-१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १-१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८८ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३८ हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen