विराटनगर, २६ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताउनुभयो ।
अपाङ्गताको दर घटाउने गरि स्थानीय तहमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आज अनलाईन मार्फत गरिएको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको परिणाम आउन थालेपछि घर-घरमा खुशी छाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ घर-घर, समाज र प्रदेशमा खुशी छाउने छ ।’ अपांगता भएका व्यक्तिहरु जन्मनै नदिने, अहिले अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना गरि जीवन शैलीलाई सहज बनाईने उहाँले बताउनुभयो । स्थानीय पालिका र साँझेदार संस्थाहरुसँग मिलेर काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।
प्रदेश १ सरकारले चालु आर्थिक बर्ष सम्ममा ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा २७ वटा स्थानीय तहबाट कार्यक्रम शुरु भएको थियो । मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग बृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात हुने अपाङ्गताको दर घट्ने दीर्घकालिन परिणाम सहित कार्यक्रम शुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार मातृमृत्यु दर प्रति लाख जिवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दर प्रति हजार जिवित जन्ममा २१ बाट १४ हुनेछ । कार्यक्रम संचालन गर्ने सबै स्थानीय तहले प्रदेश सरकारको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ । कार्यक्रम अवधि भित्र स्थानीय तह भित्र रहेका सबै सार्वजनिक भौतिक संरचनाहरु सबैका लागि पहुँचयुक्त हुने लक्ष्यका साथ कार्यक्रम सञ्चालित रहेको करुणा फाउण्डेसनका सहनिर्देशक गिरीले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen