विराटनगर, २५ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो ।
सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ ।
मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen