
सुनसरी, २२ असोज । सुनसरीमा लुकाइ छिपाइ रुपमा ल्याउँदै गरेको ठुलो परिमाणको आतिसबाजि (पटका) इटहरी प्रहरीले बरामद गरेको छ । “केही मानिसहरुले भारतबाट पटका (आतिसवाजी) ल्याउदै छन्” भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय ईटहरीको टोलीले आज मिति २०७७।६।२२ गते ईटहरी उपमहानगरपालिका – ५, खाद्य गोदाम नजिकै चेकजाँच गर्दा पुर्व पश्चिम राजमार्गको उत्तर किनारमा उभिरहेका २ जना जिल्ला सुनसरी कोशी गा.पा.- ६ श्रीपुर बस्ने बर्ष २७ को समिर मिया र सोहि स्थानमा बस्ने बर्ष १९ को आलम मिया माथि शंका लागि निजहरुको साथमा रहेको बोरा र कार्टुनहरु चेकजाच गर्दा कोभ्रा नाम लेखीएको पटका ६७ (सर्ससठ्ठी) बन्डल (प्रति बन्डलमा ५० प्याकेट) फेला पारेको छ । उक्त फेला पारिएको सामान सहित निजहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध (संहिता) २०७४ वमोजिम सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवावाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलयले प्रेस ब्रिफिङ्ग मार्पmत जानकारी दिएको छ ।