विराटनगर, २० असोज । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १-१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १-१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३-३ पुरुष, हल्दिबारीमा २ पुरुष, बार्‍हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १-१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसका साथै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।
प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १-१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।
प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १३५ पुरुष र १९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen