सुनसरी, १६ असोज । विश्वभर सत्य, अहिंसा र त्याग को एक मात्र महान्तम व्यक्ति स्व. मोहनदास करमचन्द गान्धि (महात्मा गान्धि ) ज्यूको १५१ औं जन्म जयन्ती तथा विश्व अहिंसा दिवसका दिन प्रत्येक वर्ष अक्टुबर २ तारिकका दिन मनाउदै आएको हुनाले यस बर्ष पनि सो कार्यक्रमा रामधुनी नगरपालीका धार्मीक तिर्थ स्थल रामधुनी मन्दिर परिसद भित्र नागरिक जनसरोकार मञ्चको अगुवाइमा सम्पन्न गरियो । सो कार्यक्रममा गान्धि फउन्डेसन नेपाल प्रदेश १ ,बिराटनगरको आयोजनामा रामधुनी धामलाई पनि तिर्थ स्थलको रुपमा विश्वभर परिचीत गराउन तथा रामायण सर्किटमा ओझेलमा परेको यस रामधुनी धामलाई समावेस गर्ने उदेश्यका साथ रामधुनी धाममा महात्मा गान्धिको अहिंसा, सत्य र त्यागका बिषयमा तथा रामायण सर्किटमा रामधुनी धाम समावेस गर्न कसरी सकिन्छ भन्ने कुरामा चर्चा परिचर्चा गर्दै यहि असोज १६ गते नेपालको रामधुनीमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा यसै गान्धि फाउन्डेसन नेपाल पुर्वी नेपालका अध्यक्ष श्री महात्मा एल.बि.सत्यदेव बाबा ज्यूको सभापतित्व र पूर्ब प्र.जि.अ. श्री रेवती रमण नेपाल ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सु-सम्पन्न भयो । सो कार्यक्रममा एन्टी स्नेक भेनम सिरफ र उद्योग व्यवसायी श्री लक्ष्मी फुयाल, विश्व हिन्दु महासंघका आ.जिवान सदस्य तथा पुर्वी नेपाल प्रमुख ज्यो.पं. श्री कमल प्र. दाहाल र गान्धि फाउन्डेसन नेपाल प्रदेश १ का सल्लाकार श्री. पदम अधिकारी , लगायतको आतिथ्यो रहेको उक्त कार्यक्रमा रामधुनी धाम पनि रामायण सर्किटमा समावेश हुनुपर्ने र यो विशवभर परिचित हुनुपर्ने कुरामा सबैले धारण प्रस्तुत गर्नु भयो ।

साथै उक्त कार्यक्रममा प्रमुख अतिथि श्री रेवती रमण नेपाल ज्यूले यस रामधुनी नगर बिकासको प्रमुख थलो नैं रामधुनी धाम रहेको र यसलाई सबै मिलेर अगाडी बढाउनु पर्ने र यस क्षेत्रलाई धार्मिक नगरीको रुपमा रुपान्तरण गर्ने कुरामा बिशेष जोड दिनुभयो । त्यसैगरी उक्त कार्यक्रमका संयोजक श्री राजन गौतले रामधुनी धाम धार्मिक पर्यटकीय हिसाबले अगाडि बढ्नु पर्छ तथा बढाउन यस क्षेत्रका प्रभुत्व व्यक्तिहरुको बिशेष भुमिका हुनुपर्छ र रामायण सर्किटमा बिशेष सबैको पहल हुनुपर्ने र यसै ठाउँमा निर्माणाधिन अवस्तामा रहेको अष्टचिरन्जीवी मन्दिरलाई पूणर्ता दिनका लागि र रमाधुनी आसपासका धार्मीक पर्यटकिय स्थलहरु चतरा धाम, बराहक्षेत्र, दन्तकाली, पिन्डेश्वरी लगायतका क्षेत्रलाई बिकास गर्नसहभागी, सहयोगी हातहरु अगाडि बढ्नुपर्ने कुरामा जोड दिदंै कार्यक्रमा सु-सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen