विराटनगर, १६ असोज । प्रदेश १ मा आज १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेर्‍हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीमा इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १-१ पुरुष, स्थानीयतह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १-१ पुरुष, तेर्‍हथुमा १ महिला स्थानीयतह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
प्रदेश १ माआज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen