असोज १६, शुक्रबार । आइपिएलमा किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईले पञ्जावमाथि ४८ रनको जित निकालेको हो। जितसँगै चार खेलबाट दुई जितसहित चार अंक जोडेको मुम्बई रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ४ अंक नै छ। अबुधावीमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन जोड्यो।
पहिलो ओभरमै मुम्बईका क्वान्टन डे कक शून्यमा आउट भएका थिए। त्यसपछि रन सुस्त गतिमा बनाएको मुम्बईका कप्तान रोहित शर्माले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गरे। उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काउदा ७० रन जोडे। इशान किसनले २८ रन बटुले।
मुम्बईको रन बढाउन केइरन पोलार्डले उत्कृष्ट ब्याटिङ गरे। नटआउट ४७ रन जोडेका उनले २० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदा नटआउट ३० रन जोड्न सफल भए। १९२ रनको लक्ष्य पछ्याएको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो। यसका लागि मध्यक्रमका ब्याट्सम्यान निकोलास पूरनले ४४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङमा मुम्बईका जेम्स पाटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए। स्रोतः- सेतोपाटी

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen