विराटनगर, १५ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवातप्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो ।
सामाजिकविकास मन्त्रालय र स्थानीयतहको साँझेदारीमा सञ्चालित सूचनाप्रविधि संवन्धि अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो, शिक्षालाई सूचनाप्रविधिसँग जोड्न आवस्यक छ ।’ डिजिटल प्रदेशकालागि नीतितथाकार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रीजीवन घिमिरेले १० बर्ष भित्रमा प्रदेशबाट किताव र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भईरहेको बताउनुभयो । कोरोनाकाकारण १० बर्ष भित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाकाकारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावीगर्नुभयो । पहिलो चरणमा ६ बटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीयतहका ३ हजार शिक्षकलाई सूचनाप्रविधि संवन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचनाप्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधिप्रति आकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ विद्यालयमातन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्यहुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामीदिनमा कठोर लकडाउनको अवस्थानभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उप.महानगरपालिकाका प्रमुख द्धारिकलालचौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधिअनलाईन तालिमले शिक्षकसिकाईमा महत्वपूणर् उपलब्धिहुने बताउनुभयो । प्रदेश सरकारको विद्यालयशिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालननिर्देशिकाअनुसार सूचना प्रविधिशिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालनगर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालनगर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुकालागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधिशिक्षा संवन्धि शिक्षकहरुमा क्षमताविकास तालिममा इलामको सुर्योदयनगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen