काठमाण्डौ । मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
४४ वर्षका डेभिड भनिने दुर्गाबहादुरले मलेसियामा कार्यरत दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई नेपालमा श्रीमतीलाई विभिन्न नम्बरबाट फोन गरी ६० हजार मलेसियन रिंगिट नहालिदिए ज्यान मार्ने मार्ने धम्की दिएका थिए ।

विभिन्न नम्बरबाट आउने फोनमा रैदासकी श्रीमतीलाई दुर्गाबहादुरको नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन रिंगिट ६० हजार हालेमा मात्र छाडिदिने नत्र मारिदिने धम्की दिएपछि परिवारले फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा विभिन्न समयमा हालिदिएको थियो ।

रकम खातामा हालिदिएपछि मात्रै रैदासलाई दुर्गाबहादुरले छाडिदिएका थिए । तर पासपोर्ट आफ्नै साथमा राखेर दुर्गाबहादुरले रैदासलाई अहिलेसम्म पनि नेपाल आउन नदिएर अघोषित रुपमा बन्धकजस्तै बनाएको राखेको भन्दै उनकी श्रीमतीले सीआईबीमा निवेदन दिएकी थिइन् ।

दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा कान्ति बाल अस्पताल नजिकै सडकबाट पक्राउ गरी थप अनुसान्धान थालिएको सीआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen