बुधबार १४, असोज २०७७ । नेपालमा विगत २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ९०२ जना काठमाडौं उपत्यकाका हुन् ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७७,८०० नाघेको छ । सो अवधिमा ७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बुधबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । योसहित नेपालमा अहिलेसम्म ४९८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ भने निको हुने सङ्क्रमितको सङ्ख्या ५६ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,०५७ जना रोगमुक्त भएका छन् । अहिले देशभरि २०,८९१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये संस्थागत आइसोलेशनमा १०,०८७ र १०,८०४ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ। विगत २४ घण्टामा १२,२०५ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। अहिलेसम्म नेपालमा ५६,४२८ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.५ प्रतिशत हो। गम्भीर लक्षण भएका २०१ सङ्क्रमित सघन उपचारमा र ३० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ। वाग्मती प्रदेशमा ११० जना सघन उपचारमा र २३ जना भेन्टिलेटरमा छन्।
स्रोतः- न्यूजालय

गम्भीर लक्षण भएका २१३ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ । तीमध्ये वाग्मती प्रदेशमा ११० जना सघन उपचारमा र २६ जना भेन्टिलेटरमा छन् । स्रोतः- न्यूजालय

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen