असोज १३, मंगलबार । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सको सामु सुपर ओभरमा उत्कृष्ट खेल प्रर्दशन गरेर पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो । दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो ।
म्याचको एक समय मुम्बई हार्लाजस्तो देखिएको थियो । टिमको १५ ओभरमा ४ विकेट गुम्दा ११२ रन थियो । मम्बईलाई जितका लागि ९० रन चाहिएको थियो । किरोन पोलार्ड १० र इशान किशन ६१ रन बनाएर क्रिजमा टिकीरहेका थिए । यहीँबाट दुवैले खेलमा बदलाव ल्याए । अन्तमा ५ ओभरमा ८९ रन बनाएपछि खेल बराबरी भयो ।

पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाए । दुवैले पाँचौं विकेटका लागि ११९ रनको पार्टनरसिप गरेका थिए । सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।
आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।
मुम्बईका लागि इशासन किशनले ५८ बलमा ९९ रन बनाएर टिमलाई जित नजिक पुर्याउँदा आउट हुन पुगे। त्यस्तै किरन पोलार्डले २४ बलमा ६० रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन्।
मुम्बईलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक हुँदा इसरु उदानाको बलमा पोलार्डले चौका प्रहार गर्दै टाई गरेका थिए। त्यसपछि सुपर ओभरमा मुम्बईले ६ रनमात्र बनाउन सक्यो। नवद्वी सैनीले सुपर ओभरमा रन बनाउन नदिएपछि ७ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान विराट कोहली र एबीडी भिलर्सले अन्तिम बलमा विजयी रन बनाए।
स्रोतः- अनलाइनखबर

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen