प्रदेश १ कोरोना अपडेट १२ असोज

विराटनगर, १२ असोज । प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २-२, धनकुटा र इलाममा १-१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीयतहनखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १०पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १पुरुष, सुन्दरहरैचामा १ महिला १पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ । उताओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतहनखुलेका १-१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १-१ पुरुष, धनकुटा र इलाममा १-१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।
प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen