विराटनगर, ११ असोज । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्‍हथुम र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २-२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १-१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १-१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेर्‍हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen