असोज ११, आइतबार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,५७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १० जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ९ पुरुष र १ महिला रहेको बताइएको छ ।
योसँगै आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४७७ पुगेको छ । जसमध्य काठमाडौंमा मात्र ९२ जना ललितपुरमा २१ र भक्तपुरमा २० जनाको ज्यान गएको छ । त्यसैले काठमाडौं उपत्यकामा कुल १३३ जनाको मृत्यु हुन पुगेको छ जुन देशभरको कुल मृत्यु सङ्ख्याको २७ प्रतिशत भन्दा बढी हुन आउँछ ।
देशभर जम्मा सक्रिय सङ्क्रमित १९,०१९ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ८,३२१ जना छन् भने होम आइसोलेशनमा १०,६९८जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८८५ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कुल सञ्चो हुनेको सङ्ख्या ५३,८९८ छ भने कुल सङ्क्रमितको सङ्ख्या ७३,३९४ रहेको छ । आज (आइतबार) १०,१२३ जनाको पीसीआर परीक्षण गरिएको थियो । स्रोतः- न्यूजालय

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen