झुम्का, नविन कुमार चौधरी

४१औं सामाजिक दिवसको उपलक्ष्यमा शनिवार रामधुनीको जेष्ठ नागरिक भवन साहित्यमय भएको थियो । रामधुनी साहित्य प्रतिष्ठानको आयोजनामा नगरका साहित्य प्रेमी तथा श्रष्टाहरुको विच एक कार्यक्रममा भवन साहित्यमय भएको हो ।


कला संस्कृति तथा युवा पिंढीका अन्तरनिहित प्रतिभालाई प्रष्फोटन गरी समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ गठित साहित्य प्रतिष्ठानले शनिवार परिचयात्मक तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो । साहित्यीक प्रतिभालाई संरक्षण, सम्बद्धन, लिपिबद्ध गर्ने र श्रष्टाको सम्मानका लागि विविध सभा गोष्ठी तथा प्रतियोगिता गर्ने उद्देश्यका साथ गठित रामधुनी साहित्य प्रतिष्ठानले विविध अवसरमा कार्यक्रमहरु गर्ने जमर्कोका साथ अगाडि बढि रहेको सामाजिक अभियान्ता पुष्प भट्टराईले जानकारी दिनुभयो । सामाजिक अभियान्ता भट्टराईको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा गजलकार रोमु अधिकारीको सभातित्व र नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य प्रेमी तथा श्रष्टाहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा गजल, कविता, मुक्तक तथा लेख रचना प्रस्तुत गरी जेष्ठ नागरिकको भवनको माहौल साहित्यमय बनाएको थियो । कार्यक्रममा अतिथिहरु रामधुनी नपा. वडा नं. १का वडाध्यक्ष महेश कुमार चौधरी, ५ नं. वडाध्यक्ष डेगराज फुयाँल, लायन्स क्लव रामधुनीका अध्यक्ष दुर्गा फुयाँल, नेका. नगर अध्यक्ष सुदिप अधिकारी, प्रदेस सदस्य तरुणदलका नगेन्द्र गुरुगं लगायत सर्जक र श्रष्टाहरुको उपस्थिति रहेको थियो । अतिथिहरुले प्रतिष्ठानलाई शुभकामना दिदैं साहित्यले पनि समाजमा साकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen