विराटनगर, १० असोज । प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरंगको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १-१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १-१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ ।
प्रदेश १ मा आज १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १-१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।
प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen