असोज १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका विभिन्न जिल्लामा विगत २४ घण्टामा १,२०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७१,८०० नाघेको छ । सो अवधिमा ८ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले शनिबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३,००० नाघेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,१४७ जना रोगमुक्त भएका छन् ।गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । अहिले देशभरि १८,३४१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ७,८३३ जना संस्थागत आइसोलेशनमा र अरू १०,५०८ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ ।
वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ। विगत २४ घण्टामा १०,०१९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार अहिलेसम्म नेपालमा ५३,०१३ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.८ प्रतिशत हो। स्रोतः- न्यूजलय

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen