सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहहरूलाई विभिन्न सेवा र कार्यहरूको सुची पठाएर मन्त्रीपरिषद्को निणर्य अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू तत्काल सञ्चालन नगर्न आग्रह गरेको छ ।
यस्तै, अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरू सञ्चालन नगर्न स्थानीय तहहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको हो । शैक्षिक र अन्य परीक्षा सञ्चालनमा पनि रोक लगाइएको छ ।
सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायत मनोरञ्जन स्थलहरू, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिम खाना तथा हेल्थ क्लब लगायतमा पनि सरकारले रोक लगाएको छ । यस्तैगरी अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू र पुस्तकालय, संग्राहलय र चिडियाखाना सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ । स्रोतः न्यूजालय

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen