रेडियो रामधुनी, झुम्का

समाजिक संजालमा रामधुनीखबर साप्ताहिक समाचारपत्रिका तथा अन्य न्युज पोर्टलमा प्रकाशित गत भाद्र १० गते पत्रकार सम्मेलन गरि रामधुनी क्षेत्रका सम्पूर्ण निजि विद्यालयको संलग्नता तथा सहभागितामा रामधुनी वडा नम्बर ५ स्थित युनिक एकेडेमी द्वारा संचालित प्लस टु कक्षा संचालनार्थ गोल्डेन ब्रिज कलेज भन्ने अवैधानिक संस्थाले गरेको प्रचारप्रसार प्रति खेद प्रकट गरिएको छ l केहि विद्यालय तथा प्रिन्सिपलहरुको मात्र संलग्न र सहभागितामा उक्त शिक्षालय खोलिएको तर सम्पूर्ण नगरको विद्यालयको संलग्नता तथा सहभागितामा भनि गरिएको प्रचारप्रति रामधुनीकै शिक्षण संस्थामा आवद्द दधिराम न्यौपाने बिएस मोडेल स्कुल, अर्जुन प्रसाद न्यौपाने, लर्ड बुद्ध इन्टरनेसनल स्कुल, ध्रुव नारायण चौधरी, र्यापिड लर्निंग इन्ग्लिश स्कुल, सन्तोष कुमार श्रेष्ठ, नवदीप एकेडेमी, बिकाश बिस्ट युनिक सगरमाथा एजुकेसनल एकेडेमी र अच्युत ढकाल, माउन्ट समित वोर्ल्ड स्कुल झुम्काले उक्त समाचार अतिरन्जित र भ्रमपूर्ण भएको र आफुहरु उक्त समाचारप्रति आपत्ति जनाउदै प्रेस विज्ञप्ति जारि गरेका छन् l नगरका अभिभावक र विद्यार्थीहरुलाई उक्त शिक्षण संस्थामा आफुहरुको कुनै संलग्नता नरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ l गोल्डेन ब्रिज कलेजले भविष्यमा विद्यार्थी र अभिभावकप्रति सजग छ या छैन, वैधानिकता पक्षको वास्तविकता र छानविनको माग समेत गर्दै सम्बन्धित नगर शिक्षा शाखा तथा निकायको ध्यानाकर्षण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ l

सत्यतथ्य र प्रयाप्त जानकारी बिना समाचार सम्प्रेषण गरिएकोप्रति बिएस मोडेल एकेडेमीका संस्थापक प्रिन्सिपल दधिराम न्यौपानेले आपत्ति जनाएका छन् l त्यस्तै आफुहरुलाई बिना जानकारी गैर जिम्मेवारी तरिकाले कलेजमा सहभागिता र संलग्न रहेको भनि अवैधानिक र कानुनी प्रक्रिया नपुर्याई खोलिएको शिक्षंण संस्थाको यथासिघ्र छानविन गरिनुपर्ने अर्जुन प्रसाद न्यौपाने र अन्य सरोकार शिक्षण संथाका अच्युत ढकाल, ध्रुव नारायण चौधरीले माग गरेका छन् l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen