नविन कुमार चौधरी, झुम्का
चार जात छत्तिस वर्णको साँझा फुलबारी नेपाल जातिय स्वरुपमा धनि भएतापनि तिनको पहिचान गराउने कुरामा निकै नै पछडि रहेको छ ।

नेपालमा विविभन्न जातजातिले आफ्नो पहिचानको लागि पटकपटक आन्दोलनै पनि गरेको हो । नेपालको संविधानले आफ्नै ढंगले जातिय पहिचानलाई सम्बोधन पनि गरेको हो । कहिले जाति विशेषरुपमा पहिचान दिएको पाईन्छ भने कहिले साम्प्रदायिक हिसाबले पहिचान दिएको पाईन्छ । अहिलेको संविधानले त झन पहिचान सहित बजेट र कोटा समेत निर्धारण गरिएको पाईन्छ । तर जति बजेट र कोटा निर्धारण गरेतापनि नागरिकको वास्तविक पहिचान भनेको राष्ट्रियता झल्किने परिचयपत्र हो ।
नेपालको संविधानले आदिबासी, जनजाति, अल्पसंख्यक, दलित, मुस्लिम, महिला, अपाङ्ग आदिको नाममा पहिचान सहित अधिकार दिएको भन्दछन् । तर राष्ट्रको नागरिकताको पहिचान दिन झनझन कठिन निति नियमहरु ल्याइरहेको छ । कतिपय समुदाय जस्लाई दलित भनेर चिनाएको छ नेपालको संविधानले तर नागरिकको परिचय पत्र दिएको छैन् ।

टाठाबाँठाहरु भारतबाट नेपाल प्रवेश गरेर पनि नेपाली नागरिक भएर बाँचिरहेको छ । तर नेपालमा कयौं पुस्ता बिताईसकेका ति दलित बस्तीका सोझा निमुखा जनता नेपाली भएर पनि नेपालीको परिचयपत्र पाउन सकेको छैनन् । तिनिहरु पुस्तौदेखी बस्तै आएका छन् तर तिनको न जन्म दर्ता छ, न नागरिकता छ, मरेको खण्डमा मृत्यु दर्ता पनि छैन । विवाह गर्छन तर विवाह दर्ता छैन । जन्म, विवाह, मृत्यु निरन्तर चलिरहेको छ । यही भूमिमा बस्दछन, काम गर्दछन, तर नेपाली नागरिकमा तिनको कतै रेकर्ड छैन । विचरा तिनिहरुलाई यो पनि थाहा छैन कि नागरिकता भएन भने सरकारको कुनैपनि सुविधा उपभोग गर्न पाउँदैन भनेर । तिनलाई मतलब पनि छैन सरकारी सुविधा प्रति । जिवन बाँचि रहेका छन तर जिवन सँग कुनै मोह छैन । गरिवी, अशिक्षा, सामाजिक अपहेलना र अव्यवस्थि राजनिति यसका प्रमुख कारक तत्व हुन् ।
दलित नागकिलाई त्यो कुराको जानकारी नभएर तिनिहरु परिचयपत्र बाट बञ्चित हुनु स्वाभाविक हो । स्थानिय निकाय लागु भइसके पछि पनि पुस्तौ जिवन विताउनेले परिचयपत्र नपाउनुमा ति गरिबको मात्र दोष भने छैन । नगरमा को भोको छ, को नाङ्गो छ, को नागरिकता विहीन छ, को बेरोजगार छ ती सबैको हेक्का स्थानिय निकाय र जनप्रतिनिधिले लिनुपर्दछ जस्तो लाग्छ । म कुरा गर्दैछु रामधुनी नगरपालिका वडा नं. ९ को मुसहर बस्तीको निमुखा दलित नागरिकको । तिनिहरु नगरबासी त हुन तर नगरको नागरिक कहलाउने अधिकार पाईसकेको छैन । विगतका दिनमा तिनको कुरा सुन्ने र बुझ्ने निकाय टाढा थियो होला जस्कारण तिनीहरु नागरिकता र जन्मदर्ताबाट बञ्चित हुनु स्वभाविक थियो होला तर अहिले सिंह दरबारको अधिकार स्थानिय निकायमा आईपुग्दा पनि नागरिकले नागरिकता नपाउनु भनेको जनप्रतिनिधिहरुको निस्क्रियताको प्रमाण हुन् । रामधुनी नपा वडा नं. ९मा मात्र ७ वटा गाउँ पर्दछ र वडाको मर्चैया गाउँमा मात्र ३०० घर परिवार छन् । दत्तकिच्चा खोलापारी रहेको तिनटोल्या भन्ने मुसहर बस्तीमा ४० घर परिवारको वस्ती रहेका छन् । तर नागरिकता भने २० देखी २५परिवारको मात्र भएको स्थानिय श्रवण सदाले जानकारी दिए । उनका अनुसार एक त मुसहरहरु आफै चाँसो नलिने भएकोले पहिले देखी नै नागरिकता बनाएका छैनन् त्यसमा पनि चाँसो राख्नेले पनि सरकारी नितिनियमले गर्दा झनै अप्ठ्यारो भएको बताउँछन् । बच्चा जन्मियो, जन्मदर्ता बनाउन गयो, बुवा आमाको नागरिकता चाहियो भन्छन् । बुवाको नागरिकता हुँदैन् । अघिल्लो पुस्ताको जन्मदर्ता नहुँदा नया पुस्.ताले कुनैपनि परिचय पत्र पाउदैन ।

तिन टोलिया निवासी अर्का स्थानि कैलु सदाको पनि नागरिकता छैन, किनकी तिनको बुवा गुलैब्या सदाको नागरिकता छैन, हजुरबुवा स्व. मधवा सदाको पनि नागरिकता थिएन । उनी जस्तै धेरै नागरिक नागरिकता विहिन छन्, धेरै बच्चाको जन्मदर्ता छैन, धेरै दम्पत्तिको विवाहदर्ता छैन ।सरकारले मुसहर समुदायमा पालैपालो गरी पक्की घर बनाईदिने वाचा पनि गरेको छ । तर नागरिकता नै नभएपछि सरकारले कस्को नाममा घर बनाईदिने ? यदि साँच्चिकै स्थानिय निकाय लागु भएको हो भने रामधुनी वडा नं. ९ का मुसहर बस्तीका नागरिकले नागरिक कहलाउन पाउनु पर्दछ । कानुनले दिनदिनै जटिलता मात्र थप्दे जाने हैन की स्थानिय निकायले पुस्तौदेखी जिवनयापन गरिरहेका नगरबासी निमुखा जनताको पहिचानलाई वास्तविक नागरिकाको पहिचान दिलाउनु पर्दछ । जनप्रतिनिधिले चुनावको बेला भोट गन्ने हैन कि सबै नागरिकलाई भोट दिन सक्ने बनाउनु आजको आवश्यकता हो । किनकी स्थानिय निकाय लागु हुदै खेरी जनप्रतिनिधीको रुपमा समावेशी रुपमा उम्मेदवार बनाइएको छ । ती दलित जनप्रतिनिधीले पनि दलित बस्तीका नगरबासीहरुलाई नागरिक बनाउनु पर्दछ । नागरिकको पहिलो अधिकार परिचय पत्र दिलाउने व्यवस्था मिलाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen