नविन कुमार चौधरी, रामधुनी ।
सुनसरीको रामधुनी ९ को चन्द्र कमल मा.वि.प्रधानाध्यापक हरिनारायण चौधरी विद्यालयमा भेटिनुभयो । प्रअ चौधरी विद्यलायमा वार्षिक परीक्षा सकेको तीन महिना वित्दासमेत पठनपाठन ठप्प रहेको सुनाउनुभयो । सरकारले घोषणा गरेको लकडाउनका कारणले तीन मिहनादे विद्यालयमा पठनपाठन बन्द रहेको चौधरीले जानकारी दिनुभयो ।
चौधरीले रामधुनी नगर क्षेत्रको सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरु आफ्नो दैनिक हाजिर गर्न भएपनि विद्यालयमा आउने गरेकोमा विधार्थीहरु भने परीक्षा पछि विद्यालय आउन पाएका छैनन् । शिक्षकहरुले घरमै कपी परीक्षण गरेर नजितासम्म सार्वजनिक गएपनि विधार्थीहरुलाई चैतदेखी हालसम्म पढाउन भने पाउनुभएको छैन भने विधार्थीहरुले नयाँ वर्षमा नयाँ कक्षामा बस्न र पस्न पाएका छैन् । यो चन्द्रूकमल माविमा मात्रै होईन यहाँ १५ वटै सामुदायिक र सबै निजी विद्यालयको अवस्था पनि उस्तै छ । । अधिकाँस सामुदायिक विद्यालयका शिक्षकहरुले कोरोना भाइरसबाट बच्न सरकारले देश भरी नै २०७६ चैत्र ११ गते देखि गरिएको लकडाउन (बन्दाबन्दी) को बीच हाजिरी गरेपनि पढाउन भने पाउनुभएको छैन् ।बन्दाबन्दीले औपचारिक सिकाईको क्रम रोकिएको छ । तर शिक्षा शाखाले दिएको निर्देशन बमोजिम असार १ गते देखी विद्यालय संचालनमा आए पनि शिक्षकहरु मात्र उपस्थित भई हाजिर मात्र गर्ने काम भइरहेको छ । आइतबार विद्यालय संचालनमा आए पनि विद्यालयमा ५ जना शिक्षक शिक्षिका र एक जना कार्यालय सहायक मात्र उपस्थित थिए । यस विद्यालयमा ५ सय ५७ जना विद्यार्थी र २० जना शिक्षक कर्मचारी रहेको छ । कुनै कक्षा संचालन नभएकोले समयानुकुल शिक्षक कर्मचारीहरु विद्यालयमा हाजिर हुने गरेको प्र.अ. चौधरीले जानकारी दिए । यसका साथै नगरपालिकाको शिक्षा शाखाबाट पाठ्यपुस्तकको लागि रकम प्रदान गरेकोले विद्यार्थीलाई पाठ्य सामग्री उपलब्ध गराउने काम भइरहेको उनले बताए । बैशाख पहिलो हप्ताबाट नयाँ शैक्षिक शुरु हुनुपर्नेमा यस वर्ष शैक्षिक सत्रको शुरु पनि भएन । यस वर्षको शैक्षिक सत्र शुरु नभएपछि विद्यालयमा पठनपाठन समेत ठप्प भएको छ । शिक्षकहरु विद्यालयमा उपस्थित हुन्छन तर पढाई हुँदैन,विद्यार्थीहरु पनि लकडाउनले विद्यालय आउँदैनन् ।


कोरोना माहामारीबाट शिक्षा क्षेत्रमा उत्पन्न समस्या रामधुनी नगरपालिकामा रहेको सामुदायिक, निजी विद्यालय तथा मदर्शा विद्यालयको अबस्था चित्रण गरीएको छ ।
रामधुनी ९ मा रहेको श्री शनिश्चरे मावि प्रधानाध्यापक अशोक रेग्मीले समेत े विद्यालयमा पठनपाठन बन्द रहेको जानकारी दिनुभयो ।। विद्यालयका प्र.अ. रेग्मीले पठनपाठन नगर्न निर्देशन आएकोले विद्यालय आउँछु, तर हाजिर गरेर जान्छु यतिमात्र काम भई रहेको छ , भन्नुभयो । यसका अलावा विद्यार्थीलाई नयाँ सेसनको लागि पाठ्यसामग्री वितरण गर्ने र नगरले दिएको विकास निर्माणका काममा संलग्न भइरहेको रेग्मीको भनाई छ । त्यस्तै रामधुनी १ मा रहेको श्री भा.सी.उच्च मा.वि.मा पनि पठनपाठन ठप्प रहेको छ । विद्यालयमा शिक्षक मात्र आउने गरेको प्र.अ. दशरथ शाहले जानकारी दिनुभयो । विद्यालयमा ६ सय ३९ जना विद्यार्थीहरु रहेका छन् भने २७ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालय छेउ मै रहेको भा.सी.बहुमुखी क्याम्पस पनि बन्द रहेको क्याम्पस प्रमुख गोविन्द निरौलाले जानकरी दिनुभयो । रामधुनी नपा. वडा नं. ३ स्थित रहेको श्री जनता माविका प्र.अ. धनिकलाल मेहताले विद्यालयमा पठनपाठन बन्द रहेको बताउँदै नयाँ शैक्षिक सत्रानुसार विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरिएको भन्नुभयो ।
रामधुनीमा रहेको सामुदायिक विद्यालय मात्र हैन संस्थागत विद्यालयमा समेत पठनपाठन ठप्प रहेको छ । रामधुनी ९ मा रहेको बालसदन ई.बो. स्कुलका प्रिन्सिपल राजेश चौधरीले बिद्यालयमा पठन पाठन बन्द रहेको जानकारी दिनुभयो । यस नगरक्षेत्रमा २६ वटा सामुदायिक विद्यालय, ३५ वटा संस्थागत विद्यालय र एउटा मदर्शा रहेकोमा सबै विद्यालयमा पठनपाठन बन्द रहेको रामधुनी नगरपालिका कार्यालय शिक्षा शाखाको प्रमुख राजन गेलालले जानकारी दिनुभएको छ । विद्यालयहरुमा गत २०७६ चैत्र ५ गते सम्ममा वार्षिक परीक्षा भएकोे थियो भने परीक्षाकोे नतिजा हालै सार्वजनिक गरिएको छ । नयाँ शैक्षिक सत्रको पाठ्य पुस्तकहरु वितरण भइरहेको रामधुनी नगर शिक्षा शाखाले जनाएको छ । चैत्रमा हुने कक्षा १० को एस.ई.ई. परीक्षा र ११ कक्षाको परीरक्षा अहिले सम्म स्थगित रहेको छ । परीक्षा ् नलिएपनि विगतको कुनै परीक्षाको मूल्याकंनका अधारमा नजिताको तयारी भएको छ । रामधुनी ९ का स्थानीय ढोरन चौधरीले विद्यालय र परीक्षा बन्द हुँदा छोराछोरीको भविष्य माथि चिन्ता बढेको बताउँछन् । उनकी छोरी त्रिशला चौधरीले चैत्रमा हुने भनिएको एस.ई.ई. परिक्षा रोकिंदा पढाई अगाडि बढ्न नसकेको बताउनुभयो । आफुले परीक्षाको लागि मेहनत साथ तयारी गरेको भएता पनि परिक्षा दिन नपाएको उहाँले गुनासो पोख्नुभयो । रामधुनी वडा नं. ७ निवासी दिपक कार्कीको एक छोरा र एक छोरी छन् । शैक्षिक क्षेत्र बन्द रहेको अवस्थामा आफ्ना विद्यार्थी घर मै रहेकोले उनीहरुको भविष्य प्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले यसको समाधान चाँडै गर्नु पर्नेमा जोड दिनुभयो । हाल सम्म पनि विद्यालयहरुमा पठनपाठन ठप्प हुनुका कारण कोरोना भाइरस (कोभिड १९) संक्रमण बढिरहेको हुँदा बन्दाबन्दीमा विद्यालय संचालन गर्ने निर्देशन नआएको कारणले पठनपाठन हुन सकेको छैन । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा समेत यसको संक्रमण देखिएकोले शैक्षिक क्षेत्र बढी प्रभावित भयोे । नेपाल सरकारले गत चैत्र ११ गतेदेखी शुरु गरिएको लकडाउन अहिले सम्म जारीे नै रहेको छ । पछिल्लो समयमा लकडाउन खुकुलो गर्दा विस्तारै जनजिवन सहज बन्दै गईरहेको छ । हाल देशमा कोरोना भाइरसको संक्रमण बढीरहेको अवस्थामा शैक्षिक क्षेत्र अन्यौल ग्रस्त बनेको छ ।
शिक्षा नियमावली अनुसार विद्युत्तिय संचार माध्यम र भर्चुअल कक्षा संचालन गर्ने भनिएता पनि रामधुनी नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुमा लागु हुन सकेको छैन् । वाईफाईको असुविधा र विद्यार्थीहरु संग एनरोवाइड मोवाइल सेटनहुँदा यो शिक्षा संचालनमा समस्या रहेको रामधुनी प्याबसनका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।
शिक्षा क्षेत्रलाई सहज बनाउनका लागि रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले शिक्षा निती अनुसार विद्युतिय माध्यमबाट दुर शिक्षा र भर्चुअल शिक्षा प्रणाली संचालन गर्ने भनिएता पनि ग्रामिण क्षेत्रमा इ–मेल, इन्टरनेटको सुविधा नहुँदा संचालन हुन नसकेको यथार्थ जानकारी गराउनु भयो ।
नगर शिक्षा प्रमुख राजन गेलालका अनुसार राष्ट्रिय शिक्षा बोर्डबाट आएको निती पालन गरिरहेको बताउनुभयोए । उहाँले कोरोनाकालमा शिक्षक कर्मचारीहरु गत असार १ गते देखी नियमित हाजिर, विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण भइरहेको र शिक्षक कर्मचारीहरुले तलब सुविधा पाइरहेको जानकारी दिनुभयो । राष्ट्रिय शिक्षा बोर्डले यसकालमा भाइरसको संक्रमणबाट बच्न पठनपाठन बन्द राख्ने निती पठाएको बताउनुभयो । विद्यालयहरुमा संभव भए ईन्टरनेटबाट भर्चुअल शिक्षा, आम सञ्चार माध्यम रेडियो, टिभीबाट दुर शिक्षाबाट पठन पाठन संचालन गर्न सकिने शिक्षा प्रमुख गेलाल भन्नुभए पनि ग्रामिण क्षेत्रमा ईन्टरनेट सुविधा नभएको कारण भर्चुअल शिक्षा संचालनमा कठिनाई भएको जानकारी दिनुभयो । रामधुनी नगरपालिका क्षेत्र अन्तर्गत सामुदायिक विद्यालयमा ५ हजार ८ सय २२ जना विद्यार्थी पठनपाठन गरिरहेका छन् भने संस्थागत विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत रहेको प्रमुख गेलालले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण बढी रहेको अवस्थामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको अवस्था अन्यौलमा रहेको बताउनुभयो । बोर्डको निती निर्देशिका अनुसार सबैभन्दा बढी प्रभावित एस.ई.ई. परिक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्याङ्कनको आधारमा तय गर्ने बताउनुभयो । विद्यालयले शिक्षा विकास तथा समन्वय एकाई सुनसरी मार्फत राष्ट्रिय शिक्षा बोर्ड (पनिका)मा मुल्याङ्कन पठाउने व्यवस्था गरिएको शिक्षा प्रमुख गेलालले जानकारी दिनुभयो । यसका साथै संकटकालीन अवस्था नै रहिरहे नगरपालिकाको सहजिकरणमा पाँचौ चरणमा सामाजिक दुरी कायम गरी २ सिफ्टमा विद्यालय संचालन गर्न सकिने छलफल भइरहेको जानकारी दिनुभयो । शिक्षा शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आ.व. २०७६।०७७ मा रामधुनी न.पा. अन्तर्गतको विद्यालयकोलागि शिक्षक कर्मचारीको तलब सुविधा, कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा खर्च उपलब्ध गराएको प्रमुख गेलालले जानकारी दिए । यसका साथै नगरले पाठ्यपुस्तकमा कुल रु.१९ लाख ८३ हजार, ४५, छात्रवृतिमा कुल रु ९ लाख ६ सय, सकाको तलबमा रु. ४ लाख ५० हजार गरी जम्मा ३३ लाख ३३ हजार ६ सय ४५ रुपैंया रकम निकासा भएको छ ।
यस वर्ष शिक्षा क्षेत्रको विकासका लागि नगरले शैक्षिक गुणस्तर सम्बन्धि कार्यक्रमहरु समेत ल्याएको थियो । शनिश्चरे मावि. डुम्राहा, पञ्चायत मावि. पिप्राहा, भा.सी. मावि. झुम्काका लागि ६ लाख ५० हजार बराबरको पुस्तकालय व्यवस्थापनको लागि बजेट प्रदान गरिएको छ । त्यस्तै आदर्श मावि. बक्लौरीमा कम्प्युटर ल्याब (आई.सि.टी.) व्यवस्थापन तथा पञ्चायत मावि. कुमरखतलाई विज्ञान प्रयोगशालाको लागि ६ लाख ५० हजारको बजेट प्रदान गरिएको छ । त्यस्तै कार्यसम्पादनको आधारमा रामजानकी आधारभूत विद्यालय वडा नं. ४ र तेह्र बालबालिका स्मृति विद्यालय वडा नं. ६ लाई समेत ५० हजार सम्मको बजेट वितरण गरिएको छ । नगरपालिकाको शिक्षा क्षेत्रमा यी लगानीको बाबजुत पनि कोरोना भाइरस संक्रमणले रामधुनीका हजारौं विद्यार्थीको भविष्य अन्यौलमा रहेको बताउँदै राष्ट्रिय शिक्षा बोर्डले दिएको निर्देशन बमोजिम नगरले पहल गरिरहेको गेलालले जानकारी दिनुभयो ।
रामधुनी नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि प्रत्येक वर्ष लगानी योजना ल्याएकोमा यस आ.ब. २०७६÷०७७मा १४ करोड, ३० लाख, ४२ हजार ३५८ रुपैया बजेट विनियोजन गरेको थियो । रामधुनी नगरका योजना शाखा प्रमुख हर्षलाल चौधरीले विनियोजित बजेटको ९३.५२ प्रतिशत रकम अर्थात १३ करोड ३७ लाख ६८ हजार ६२१ बराबरको बजेट खर्च भइसकोको जानकारी दिनुभयो । बाँकी रहेको बजेटको कार्यक्रम पनि चालु अवस्थामा रहेको र आर्थिक वर्षको अन्त्य सम्ममा कार्य सम्पन्न हुने लक्ष्य रहेको चौधरीले जानकारी दिनुभयो ।
रामधुनी नगरपालिकाका जनप्रतिनिधी तथा अभिभावकहरु कोरोना कालमा शैक्षिक क्षेत्र बन्द हुँदा बालबालिकाको भविष्य प्रति चिन्ता प्रकट गरेका छन् । रामधुनी नपा. वडा नं. ७ का वडाध्यक्ष केशव गौतमले आफ्ना तीन जना छोराछोरीको भविष्य प्रति चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा विद्यालयले विशेष शिक्षा ल्याउनु पर्नेमा जोड दिनुभयो । कोरोना माहामारीबाट बच्न मास्क लगाएर सामाजिक दुरी कायम राखी विद्यालयमा पठनपाठन शुरु गर्नु पर्ने अथवा त्यस्तो वातावरण नभएमा गाउँमा विषयगत शिक्षकहरुले विद्यार्थीहरुलाई विशेष निगरानी गरी गृहकार्य गर्न लगाउने वातावरण सृजना भयो भने विद्यर्थीहरु समय बर्वाद गरेर बस्दैन थियो भन्ने धारणा वडाध्यक्ष गौतमले राख्नु भयो । े ।
रामधुनी नपा. वडा नं. ९ का वडाध्यक्ष तथा श्री चन्द्र कमल मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीले कोरोना कालको जोखिम अवस्थामा विद्यालय बन्द रहेको जानकारी दिनुभयो । निजी विद्यालय सञ्चालक दिपेन्द्र विष्टले कोरोना कालको समयमा शैक्षिक क्षेत्रमा अन्यौल रहेको अवस्थामा सबै भन्दा बढी मार्का गत चैत्रमा हुने भनिएको एस.ई.ई. परिक्षा भाग लिने विद्यार्थीहरुमा परेको बताबताउनुभयो । ‘एक वर्ष तयारीका साथ अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो मेहनत परिक्षामा देखाउन नपाउँदा अब्बल विद्यार्थीहरुको मेहनत खेर गएको उहाँले दुःखेसो पोख्नुभयो ।’ उहाँले यस कोरोनाकालमा निजी विद्यालयका शिक्षकहरु बेरोजगार बनेको अवस्था रहेको प्रष्ट पार्नुभयो । राष्ट्रिय शिक्षा बोर्डले कोरोना कालको अवस्थामा विद्यार्थीहरुबाट शुल्क नलिने निर्णय गरेको छ । यता बैशाख देखी शुरुहुने शैक्षिक सत्रमा पनि पठनपाठन हुन नसक्दा शुल्क लिने नलिने अन्यौलमा रहेको हुँदा स्थानीय अभिभावकको सहमतिमा त्यसको निकास दिनु पर्नेमा जोड दिएका छन् ।शैक्षिक क्षेत्रमा वर्तमान नेपाल सरकारको लगानी खेर गइरहेको अवस्था रहेकोले सरोकारवाला निकाय यो समस्याको निकास खोज्नु आवश्यक देखिएको छ ।
(सौजन्य : नेपाल पत्रकार महासंघ सुनसरी)