झुम्का, नविन कुमार चौधरी
सुनसरी, कृषि क्षेत्रमा सिचाइ बिकास गर्नका लागि रामधुनी नगरमा रहेको कृषि शाखाले १५ थान पम्पसेट सोमबार कृषकको सस्थालाइ बितरण गरेको छ ।

कृषिमा आधुनिकीकरण व्यवसायीक कृषि तथा आर्थिक उन्नतीको लागि कृषकहरुको मनोबल वृद्धि गर्ने उद्धेश्यले अनुदान स्वरुप सो पम्पसेट वितरण गरिएको हो । रामधुनी नगर पालिकाका उप प्रमुख सबिना कुमारी चौधरीद्वारा शाखाले एक कार्यक्रम बिच किसानलाई पम्पसेट बितरण गरेको हो ।
कार्यक्रममा कृषि शाखाकी प्रमुख दुर्गा सापकोटाले सहकारी सिंचाइ, साना सिंचाइ, मर्मत सम्भार तथा निर्माण कार्यक्रम अन्तर्गत पम्पसेट बितरण गरिएको बताइन् । किसानलाई पम्पसेटका लागि आवस्यक सामग्री समेत प्रदान गरिएको छ । पम्पसेट पाउनेमा कृषि क्षेत्रमा संगठित रहेको संस्था रहेको छ । रामधुनी नगरको वडा १ मा रहेको आशुतोष कृषि सहकारी संस्था लि. लाई तीन थान, वडा २ मा रहेको समृद्धि कृषि समूह, सृजनशिल कृषक समूह, अमाहा कृषि सहकारी सस्थाले २र२ थान वितरण गरेको छ । त्यसैगरी रामधुनी ८ मा रहेको जनजागरण कृषक समूह, देबी थान बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर ७ मा रहेको फुलबारी कृषि तथा पशु पालन समूहलाई दुईर दुई थान पाएको कृषि शाखाले जानकारी दिएको छ ।