झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिकामा असार २२ र २३ गते ६ महिना देखी ५ वर्ष उमेर मूनीका बालबालिकाहरुलाई भिटामिन ए का साथै जुकाको औषधि खुवाउने कार्य सम्पन्न भयो । वर्षमा २ पटक खुवाउनुपर्ने उक्त भिटामिन ए क्याप्सुलले बालबालिकाको शारिरिक तथा मानसिक विकास गर्ने स्वास्थ्य स्वयमसेविका उमा आचार्यले जानकारी दिए । शारिरिक विकासका साथै बालबालिकामा रतन्धो रोगबाट लड्न सक्षम बनाउने भएकोले यो भिटामिन राष्ट्रिय खोपको रुपमा बालबालिकालाई दिने गरिन्छ । यसै क्रममा रामधुनी वडा नं. १ अन्तर्गतको नगरपालिका केन्द्रमा असार २२ र २३ गते गरी १६० बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाको औषधि वितरण गरिएको छ । वडा नं. १ मा ५ वटा खोप केन्द्र मार्फत भिटामिन ए खुवाइएको छ ।