झुम्का, नविन कुमार चौधरी
कोभिड १९ बाट बच्न साबुन पानीले धोऔं हात, पूर्ण सरसफाईमा उचित ध्यान दिदै मास्कको नछोडौ साथ भन्ने मुख्य नाराका साथ सप्ताहभरी विभिन्न कार्यक्रम गरी विभिन्न निकायहरुले राष्ट्रिय सरसफाई सप्ताह २०७७ मनाएको छ ।
जुन ५ देखी ११ तारिख सम्म संचालन भएको कार्यक्रम रामधुनी नगरपालिकाले पनि विभिन्न कार्यक्रम गर्दै विहीबार समापन गरेको छ । नगरपालिकाको आयोजना तथा सि.एस.डि.सी. र सि.डि.एस. (सामुदायिक विकास समाज) को सहजीकरणमा नगरका विभिन्न वडा तथा माध्यमिक विद्यालयमा सरसफाई तथा वृक्षारोपन कार्यक्रम गरिएको हो । रामधुनी नगर उप–प्रमुख सविना चौधरीको नेत्रित्वमा नगरका वडा नं. ३, वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ वडाकार्यालय परिसर त्यसैगरी विद्यालयहरु भासी मा.वि. वडा नं. १, शिव नगर मावि. वडा नं. २, जनता मावि. वडा नं. ३, पञ्चायत मावि. वडा नं. ७, आदर्श मावि. वडा नं. ६, त्यसतै वडा नं. ९ का शनिश्चरे मावि र चन्द्रकमल मावि.मा सरसफाई तथा वृक्षा रोपन कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागी रामधुनी नगरपालिकाका तर्फबाट योजना शाखा प्रमुख हर्षलाल चौधरी, सरसफाई अभियान्ता रविन ठाकुर, सि.एस.डि.सि.का यहुदी मंडल, कल्पना अधिकारी, चन्द्र थापा, सि.डि.एस.का विप्लब हमाल, वडाध्यक्ष डेगराज फुँयाल, महेश कुमार चौधरी, घनश्याम चौधरी रहेको थियो । स्वच्छ वातावरणको विकास र कोभिड १९ नामक कोरोना भाइरस विरुद्धको लडाईलाई परास्त गर्न नगरका ९ वटै वडाले विभिन्न सरसफाई अभियान संचालन गर्दै आइरहेको छ । अभियानलाई सार्थक बनाउन विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्दै आइरहेको नगर श्रोतले बताएको छ ।