झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिकाको आ.व. २०७७र०७८ को बजेट तथा कार्यक्रम संकलन र छनौंट कार्य तिब्ररुपमा अगाडि बढिरहेको नगरका योजना विकास शाखा प्रमुख हर्षलाल चौधरीले बताएका छन् ।


“व्यवसायिक कृषि र उद्यम सहितको पर्यटकीय शहर, स्वस्थ, सुसस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगर” मुख्य नारा रहेको रामधुनी नगरले वडाको संयोजक्त्मा स्थानिय स्तरको बस्ती बस्तीबाट विभिन्न योजनाहरु माग गरी तर्जुमा र छनौंट गरिरहेको चौधरी जानकारी दिए । वडा स्तरीय बजेट तथा कार्यक्रम प्राथमिकीकरण गरी जेष्ठ ३० गते देखी सुत्रमा इन्ट्री गरिने रेडियो रामधुनीलाई बताए । नगरका वडा नं. ४ र ९ ले योजना छनौट गरिसकेको र अरु वडाले छनौंट गर्ने कार्य जारीरहेको उनले जानकारी दिए । वडाबाट छनौंट भएका योजना तथा कार्यक्रमको असार २ गते देखी ६ गते सम्ममा एकिकृत बजेट, नीति तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा पेश हुने र नियमित रुपमा छलफल हुने चौधरीले जानकारी दिए । उक्त समितिले तर्जुमा गरिएको योजना असार ९ गते सम्ममा नगरको बोर्ड वैठकले पास भई आ.व. २०७७र२०७८ बजेट तथा कार्यक्रम निश्चित हुनेछ । आ.व. २०७६र०७७ मा रामधुनी नगरपालिकाले ५० करोड ७३ लाखको बजेट तथा कार्यक्रम पारित गरेको थियो । यस वर्ष भने नगरको बजेट ३६ करोड ३३ लाख रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen