झुम्का, नविन कुमार चौधरी
सुनसरीकोे झुम्का क्वारेन्टाइन केन्द्रमा रहेका ३१ जनाको पि.सि.आर परिक्षण रिपोर्ट आज सार्वजनिक गरिएको छ ।


जेठ २७ गते पि.सि.आर. परिक्षणकोलागि २ जना महिला सहित ३४ जनाको थ्रोट स्वाब संकलन गरि जिल्ला अस्पताल पठाएको थियो । ३१ जना मध्ये १ जनाको पि.सि.आर. रिपोर्ट कोरोना पोजिटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । रामधुनी नगरपालिकाका ३० वर्षिया पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सँगै उनकी श्रीमती पनि भारतको दिल्लीबाट आएको नगरस्वास्थ्य सह संयोजक नगेन्द्र पौडेलले जानकारी दिए । उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ देखिएको छ । ३४ मध्ये तीन जनाको भने पुनः पि.सि.आर परिक्षणको लागि विहिबार मध्यान्ह १२ बजे तिर स्वाव संकलन गरि अस्पताल पठाएको केन्द्रका स्वास्थ्यकर्मीले जानकारी दिए । संक्रमित पुरुषलाई भने कोभिड हस्पिटल गोठगाउँमा थप उपचारको लागि पठाएको छ ।


संक्रमितमा कुनै लक्षण भने देखिएको थिएन । स्वास्थ्य सह संयोजक पौडेलका अनुसार लक्षण नदेखिएको संक्रमितबाट कोरोना भाइरस सर्ने सम्भावना कम रहेकोले साबधानी अपनाए सुरक्षित रहन सकिने जनाएको छ । उनको सँगै रहेकी श्रीमतीमा समेत कोरोना नेगेटिभ देखिएपछि यो कुरालाई स्वीकार गर्न सकिने तथ्य उनले जानकारी दिए । तर भाइरसले धनी गरिव नछुट्याउने भएकोले सरसफाई तथा सामाजिक दुरी कायम गर्नुपर्ने र सतर्क भएर बस्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen