झुम्का, नविन कुमार चौधरी
झुम्का, सरकारले जारी गरेको लामो समयको लकडाउनले यतिबेला सबैभन्दा बढी दैनिक मज्दुरी गर्नेहरु यसको मार खेपिरहेका छन् ।


एकातिर लकडाउनको पिंडाबाट जसो तसो गुजरा चलाईरहेको रिक्सा चालक मज्दुरहरु दैनिक छाँक टार्न, हुने खानेको काममा तल्लिन रहेको देखिन्छ भने अर्को तर्फ लकडाउन पालना गराउन राजमार्गमा बसेका सुरक्षा कर्मीहरुले रिक्सा चालकहरुलाई नै बढी कार्वाही गरिरहेको पाइएको छ । सुरक्षाकर्मी प्रहरीको हात अहिले हुने खानेलाई यो हात सलाम र मज्दुर, रिक्सा चालक जस्ता मज्बुरहरुलाई यो हात फलाम जस्तै भएको छ । महगाँ गाडीमा चढ्नेलाई सुरक्षा कर्मीहरुले सलामका साथ मिठो मुस्कानले राजमार्गमा जान दिइरहेको पाईन्छ भने मज्दुर भनाउँदा मज्बुर हरुलाई हप्की र दप्कीको व्यवहार प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । ठुल्ठुला व्यवसायीले जतिबेला पनि व्यवसाय गर्न पाएको छ , व्यवसायीले भनेकै मुल्यमा सेवाग्राहीले सामान किन्न बाध्य पनि भएका छन् । प्रचलित मुल्य भन्दा बढी मुल्यमा सामान विक्रि गर्नेलाई कानुनी भाषामा कालाबजारीको नाम दिइएको छ । तर कानुनको पालना गर्ने गराउनेले राजमार्गमा लकडाउनको पालना गराउनमा व्यस्त रहेको देखिन्छ । स्थानिय सरकारले गरिबको घरमा दुईछाँकको व्यवस्था प्रभावकारी व्यवस्था गर्न सकेको छैन भने बजारमा सक्नेले लुट मचाइरहँदा पनि स्थानिय सरकार र प्रहरी प्रशासन अनुगमन गर्न सकेको छैन ।
झुम्कामा सफारी चलाइरहेका एक सफारी चालकका अनुसार विहान ७ बजे देखी १० बजे सम्म खाद्यान्न र मल बिउको लागि बजार खुल्ला गरिएको भन्छन्, तर त्यही सामान लिन जाँदा प्रहरीले सफारीको चावी खोसेको दुःखेसो पोखेका छन् । उनी भन्छन, भिडभाडको त्रासले मानिसहरुले मलाई खादमल र विउ ल्याईदिन भन्छन्, तर यहाँ पास विना सफारी चलाउन पाईदैँन भनेर चाबी खोसिदिन्छन् । तर जहाँ सामान किन्न लाइनमा बसेर भिड गरिरहेको हुन्छ त्यो भिडलाई हेरेर पनि प्रहरीले केही नगरी फर्कन्छन् ।
एक व्यवसायीका अनुसार बजारमा स्वाच्छ ढंगबाट व्यवसाय गर्न समेत नपाएको बताए । स्थानिय निकायबाट बजार अनुगमन नहुँदा मुल्य भन्दा पनि बढीमा व्यापार गरिरहेको बताए । उनले खद्यान्न बस्तुमा सरकारले कुनै रोक नलगाएपनि बजारमा मुल्य वृद्धि गरी सामान बेचेको प्रति सरकारको ध्यान जानुपर्ने र सही बस्तु र सेवा प्रदान गर्नेलाई पासको व्यवस्था हुनुपर्ने तर्क दिएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen