झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नपा वडा नं. २ स्थित शिवनगरमा रहेको कुखुरा फारममा आगलागि हुँदा ६ लाख बराबरको क्षति भएको छ । स्थानिय सुगालाल चौधरीको कुखुरा फारममा विद्युत्त सर्ट भएर बुधबार करिब ११/१२ बजेको समयमा आगलागि भएको थियो ।

ब्रोइलर कुखुरा पालन गर्दैगरेको चौधरीले लकडाउन लागेपछि चल्ला दानाको समस्या भएपछि खोरमा लोकल कुखुरा पालेको जानकारी दिए । ४०० थान लोकल कुखुरा भएको खोरमा विद्युत सर्ट भएर आगलागि हुँदा सबै कुखुरा जलेको चौधरीले बताए । आफु खाना खान घर गएको बेला आगलागि भएको र छिमेकमा बारी गोडमेल गर्नेहरुले आगलागि भएको थाहा पाएर तिनीहरुलेनै खोरको जाली भत्काउँदा ४/५ वटा कुखुरा भागेर बचेको उनले बताए । खोर सँगै रहेको अपाची मोटर साइकल पनि जलेर नष्ट भएको छ । मोटरसाईकल सँगै रहेको पावर ट्रिलर (ट्रयाक्टर) भने छिमेकीहरुले बचाउन सफल भएको हो ।
चौधरीले फारममा बंगुर पालन, हाँस पालन, माछा पालन गर्नुका साथै तरकारी बारी पनि लगाइरहेको पाईएको छ । घटनाको जानकारी इलाका प्रहरीलाई गराएपछि प्रहरीले घटनाको विवरण बुझेर लगेको चौधरीले बताएका छन् । आगलागि बाट भएको क्षतिको राहतका लागि बिहीबार वडा तथा नगरपालिकामा निबेदन पेश गर्ने उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen