झुम्का, नविन कुमार चौधरी
दुहबी नपा ९ स्थित रहेको बालकुन गाउँमा कुटपिट र अभद्र व्यवहार गर्नेलाई कार्वाहीको माग गरिएको छ ।

कुटपिटबाट पीडितहरु इलाका प्रहरी कार्यालय दुहबीमा कुटपिटमा संलग्नलाई कार्वाहीको माग गर्दै आइतबार निवेदन दिएका छन् । निबेदनमा कुटपिट गर्नेहरु दुहबी ९ सोनापुर छताबेलीका ३२ वार्षिय मकसुद मिया, वर्ष ३७ का आदम मिया, ३३ वार्षिय रहिस मिया, २४ वार्षिय जासिद मिया रहेका छन् । त्यसैगरी सोही ठाउँ बस्ने २३ वार्षिय अर्सद मिया, १९ वार्षिय मिसर मिया, २० वर्षिय रसिद मिया, २५ वर्षिय नौसाद मिया, २६ वर्षिय मामुन मिया, २८ वर्षिय सकिर मिया, २२ वर्षिय प्रवेज मिया, २४ वर्षिय जाहिर मिया र नाम खुल्न नसकेको केही ब्यक्ति रहेका छन् ।
निवेदनमा जेठ ४ गते ब्यक्तिको घर अगाडि सर्वजनिक ठाउँमा मरेको कुकुर फ्याकिएको विषयमा विवाद भएको थियो । दुई पक्षबिच विवाद भइरहेको बेला छाताबेलीका मुस्लिमहरुले बालकुण्डका आठ जना महिला तथा पुरुष लाई कुटपिट गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
घाइतेहरुको दुहबी स्थित ज्योती अस्पतालमा उपचार गरिएको स्थानीय अशोक चौधरीले बताए । घाइते मध्ये केही लाई गम्भीर चोट लागेकोले थप उपचारको क्रममा रहेको बताइएको छ । पिडितहरुले इलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिंदा पनि दोषीलाई कार्वाही नगरेको निबेदकहरुले बताएका छन् । प्रहरीले निबेदनमा ध्यान नदिंदा आइतबार फेरी पिडकको नाममा किटानी जाहेरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिन कार्कीले भने मंगलबार दुबै पक्षलाई बोलाउने जनाएको छ । घटनाको विषय सामान्य रहेको बताउदै पिडित वक्षले जाहेरी दिएकोले दुबै पक्षलाई मंगलबार छलफलका लागि बोलाउने उनले जानकारी दिए ।