झुम्का, नविन कुमार चौधरी
सुनसरीको झुम्का क्वारेन्टाइनमा रहेको थप एक युवकलाई आइतबार आरडिटि परिक्षण गरी बिदाई गरिएको छ । आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएपछि तिनलाई बिदाई गरिएको हो । उनी लगाएत दोश्रो चरणको क्वारेन्टाइनबाट ८ जनालाई बिदाई गरिएको छ ।
हाल केन्द्रमा २२ जना रहेका छन् । तिनीहरुको स्वास्थ्य स्थीती सामान्य रहेको जानकारी केन्द्रका स्वास्थ्यकर्मी प्रियङ्का चौधरीले दिएकी छिन् । उनी भारत बसेर नेपाल फर्केका थिए । १४ दिनको क्वारेन्टाइन बसाइ पछि आज उनलाई बिदाई गरिएको हो ।
क्वारेन्टाइन केन्द्रमा रहेका केही व्यक्तिहरुसँग हामीले टेलिफोन सम्पर्कमा कुराकानी गरेका थियौं, तिनीहरुले केन्द्रमा आफुहरु सुरक्षित महशुस गरिएको बताएका छन् । कोशी गाँउपालिकाका एक पुरुष, इनरुवाका एक महिला र रामधुनी २ का एक युवक सँग हामीले क्वारेन्टाइनको सेवा सुविधाको बारेमा सोधेका थियौं । तिनीहरुका अनुसार केन्द्रमा एक कोठामा दुईवटा बेड रहेको र प्रत्येकलाई सामाजिक दुरि कायमगरी अलग अलग बस्ने व्यवस्था गरिएको छ । हात मुख धुन साबुन र मन्जन आदि उपलब्ध गरिएको छ । विहान चिया नस्ता, मध्यन्ह १२ बजे तिर खाना, दिउसो ३।४ बजे चिया बिस्कुट र बेलुकी ८ बजे रातिको खानाको व्यवस्था गरिएको जानकारी दिए । बेला बेलामा फोन बाट र स्वास्थ्य टोली आएर स्वास्थ्य स्थिति सोधपुछ गरिने र समस्या भएमा लक्षण अनुसारको औषधिको व्यवस्था भएको जनाए । तर हाल सम्म कसैलाई पनि समस्या नभएको उनीहरुले बताए । केन्द्रमा बैशाख ३१ गते आएकी इनरुवाका एक महिलाका अनुसार उनीहरु १३ जना इनरुवाबाट रहेका थिए जस मध्ये ४ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएकोले बिदाई समेत गरिसकेको जनाए । इनरुवाका अब ९ जना रहेको उनीले जानकारी दिइन् ।
रामधुनी २ का पुरुष केन्द्रमा आएको ८ दिन भयो उनका अनुसार सुरुमा थर्मल गनबाट चेक जाँच गरिएको थियो त्यसपछि सोधपुछ मात्र हुन्छ, स्वास्थ्यमा समस्या नदेखिएकोले अहिलेसम्म चेकजाँच भएको छैन् । १४ दिन पुगेपछि आरडिटि चेक हुने स्वास्थ्यकर्मीले बताएको उनले जानकारी दिए । उनले कोठामा एक्लै बोर भएको अवस्थामा बाहिर कम्पाउण्डमा सामाजिक दुरी कायम गरी बस्ने र कुराकानी गर्नेगरेको जानकारी दिए । केन्द्रमा नयाँ मानिस प्रवेश हुँदा तिनलाई अलग्गै कोठामा राखिने गरेको उनले जानकारी दिए ।
स्वास्थ्य शाखाका सह संयोजक नगेन्द्र पौडेलका अनुसार आज एक जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिएको बताए । प्रहरीको सुरक्षामा संचालित क्वारेन्टाइन केन्द्रको खाने, बस्ने खर्चको जिम्मेबारी रामधुनी नगरपालिकाले उठाइरहेको उनले जानकारी दिए । झुम्का क्वारेन्टाइन केन्द्रमा १०० सैय्याको बेड रहेको छ भने निरन्तर रुपमा स्वास्थ्यकर्मीको निग्रानीमा सेवा प्रदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen