झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ की युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भए यता नगरबासीमा छाएको निराशा र त्रासमा कमि आउने भएको छ । युवतीमा कोरोना भेटिएपछि उनी सँग सम्पर्कमा रहेका २१ जनाको थ्रोट स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो ।
१९ जनाको गत मंगलबार परिक्षण गरिएकोमा शुक्रबार १८ जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि भएको थियो भने १ जनाको पुनः स्वाब परिक्षण गरिएको थियो । साथै संक्रमित सँग सम्पर्कमा रहेका थप दुई जनाको पनि सोही दिन पिसिआर टेष्ट गरिएको थियो । ती तिनै जनाको रिपोर्ट नेगेटिभ नै आएको रामधुनी स्वास्थ्य सह संयोजक नगेन्द्र पौडेलले जानकारी दिए । त्यसैगरी झुम्का क्वारेन्टाइनमा रहेका ५ जनाको पनि स्वाब संकलन गरी शुक्रबार पिसिआर टेष्ट गरिएकोमा तिनीहरुको रिपोर्ट पनि नेगेटिभ नै आएको पौडेलले जानकारी दिए । पौडेलले शंकास्पद व्यक्ति तथा संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएकोहुँदा रामधुनी अहिले सम्म सुरक्षित रहेको महशुस गर्न सकिने बताए । परिक्षण गरिएका मानिसहरुलाई भने नगरबाट अझैपनि सतर्कता अपनाउन र अरु मानिसहरुसँग हेलमेल नगर्न निर्देश गरिएको छ । वडा नं. ४ का अन्य मानिसहरुको भने आर डि टि परिक्षणको तयारी भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen