झुम्का, नविन कुमार चौधरी

सुनसरीको रामधुनी नगरपालिकाको केन्द्र विन्दु झुम्का बजारमा अनावश्यक काममा बजारमा भिडभाड गर्ने २४ जनालाई कार्वाही स्वरुप मंगलबार विहान १ घण्टा उभियाएको थियो ।
सरकारले कोरोना कहरबाट बच्नका लागि विभिन्न सुरक्षा नीति अपनाउदै प्रभावकारी ढंगले लकडाउन जारी गरेको छ । अति आवश्यक कार्य अर्थात् बिशेस अवस्थामा मात्र घर वाहिर निस्कने, एकअर्का व्यक्ति बीचको दुरी कम्तिमा एक मिटरको कायम गर्ने, मास्क लगाएर मात्र हिडडुल गर्न भनिएता पनि आज एका विहानै सुनसरी पकली प्रहरीले झुम्कामा लकडाउन उलंघन गर्ने २४ जना मोटरसाइकल चालक तथा पैदल हिड्नेलाई कारवाही गरेको छ । सरकारले लकडाउन कडा गरिएको भएपनि सडकमा सर्बसधारणको अनावश्यक भिडभाड बढेकोले प्रहरीले उनिहरुलाई कडाई गरेको थियो । इलाका प्रहरी प्रमुख कैलाश कुमार अधिकारीका अनुसार उनीहरुलाई करिव १ घण्टा कोरोना सम्बधि ब्रिफिंग गरि अव उपरान्त अति आवश्यक काम वाहेक सडकमा बाइक गुडाउन र हिड्न नहुने सर्तमा छाडिएको थियो ।