alt
twitter sharing button

प्रदिप बस्मैत, कालाबञ्जार । व्यापार भने पनि रोजीरोटीको थलो भने पनि वराहक्षेत्रका मेयर निलम खनालका लागि परिवार पाल्ने परम्परागत व्यवसाय खेती नै थियो । बाउबाजेबाट पुस्तान्तरण हुँदै आएको खेतीपातीले नै जीवनका ५ दशक बिताए ।

राजनीति त उनको लागि सेवा थियो । सेवा गर्नेक्रममै तीन वर्ष अगाडि पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दा मेयर हुन पुगेका न हुन् । मेयर बनेपछि उनको दिनचर्याले केही कोल्टे फेरेको मात्रै हो । नत्र त, कृषि नै जीवन थियो । उनको शरीरका अङ्गअङ्गमा कृषि दौडिएको छ । अझैं जीवनका केही दशकहरू यसरी नै गुडिरहने हो थाहा छैन । राजनीति भन्दा पर सोच्ने एकमात्रै व्यवसाय नै कृषि कर्म हो उनका लागि । अहिले देश लकडाउनमा छ । यही लकडाउनलाई सदुपयोग गर्दै कृषि कर्ममा केही समय व्यतित गरिरहेका छन् ।

दिनभरिको भागदौड, कुदाकुद, राहत वितरण, विपद् व्यवस्थापन यस्तैयस्तै कर्ममा समय व्यतित गरे पनि बचेको समयलाई गाईको हेरचाहमा बिताउँछन् । बन्दाबन्दीले नगरपालिकामा कामको चाप नभएको मौका छोपेर उनी गाईको आहारविहारमा ध्यान दिएका छन् । बन्दाबन्दीले दूध पनि बिक्री हुन पाएको छैन । बन्दाबन्दीले उनलाई ग्वाला बनाएको छ । सुद्ध गाई पालक । गाईको दूधदेखि गहुतसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन् । गाईको गहुत कपडछान गरेर भोको पेटमा सखारै खाए कब्जियत, ग्यास्ट्रिक, मन्दाग्नी क्यान्सरजस्ता रोगहरू निको हुने आयुर्वेदमै उल्लेख भएको बताउँछन् । ‘घरमा गाई पाल्नु, गाईको सेवा गर्नु भनेको तेत्तीसकोटी देवतालाई पाल्नुजस्तो हो रे’–उनी भन्छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen