झुम्का, नविन कुमार चौधरी

झुम्का क्वारेन्टाइन केन्द्र


सुनसरी, रामधुनीको झुम्का क्वारेन्टाइनमा थप ५ पाँच जना भारतबाट आएपछि मानिसको संख्या ३० पुगेको छ । ५ जना मध्ये ४ जना जेठ १ गते विहारको फारविसगंजबाट आएका हुन भने १ जना हिजो मात्र भारतको हरियानाबाट आएको हो । क्वारेन्टाइनमा आएका पाँचै जना इनरुवा नगरपालिकाका हुन । क्वारेन्टाइनमा रहेका ३० जनाकै स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्यकर्मी प्रज्ञा उप्रेतीले जानकारी दिइन् । उप्रेतीले केन्द्रका ५ जनाको स्वाब परिक्षणको लागि पठाएको र आज रिपोर्ट अवेर सम्ममा आउने जानकारी दिइन् । क्वारेन्टाइनमा रहेका मानिसहरु उदयपुर, कोशी गाँपा, इनरुवा नपा, बराहा नपा, रामधुनी नपाका रहेका छन् ।
क्वारेन्टाइनमा रहेका ५ जना र लालपुरका थप दुई जनाको शुक्रबार स्वाब परिक्षणको लागि पठाएको थियो, तिनीहरुको रिपोर्ट भरे राती सम्ममा आउने बताएको रामधुनी नगर स्वास्थ्य सह संयोजक नगेन्द्र पौडेलले जानकारी दिएका छन् । उनले वडा नं. ४ की महिलामा कोरोना पोजिटिभ भेटिए सँगै रामधुनीमा जोखिम बढेको हुनाले नगरपालिकाले सतर्कता अपनाउदै बाहिरबाट र दोश्रो मुलुकबाट आएका मानिसहरुको खोजी कार्य भइरहेको र निगरानी गरि क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको जानकारी दिए । १९ जनाको कोरोना परिक्षणमा १८ जनाको रिपोर्ट नेगेटिभ आएको भएपनि सुरक्षालाई ध्यानमा राखी लकडाउनलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिएका छन् । उनले नगरबासीहरु आफै पनि सजग भएर बस्नुपर्ने बतए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen