झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ का १९ जनालाई कोरोना संक्रमणको आशंकामा गरिएको स्वाब परिक्षण (पिसिआर टेष्ट) मा १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्टको पर्खाइमा रहेका नगरवासीहरुले नेगेटिभ रिपोर्ट थाहा पाएपछि राहत महसुस गरेका छन् । उक्त रिपोर्टले कोरोनाको संक्रमण नगरबासीमा फैलन सक्ने जोखिम घटेको नगरपालिका श्रोतले जनाएको छ । जाँच गरेका मध्येमा एक जनाको भने पुनः स्वाब परिक्षणकालगि पठाएको छ । रिर्पोट नेगेटिभ आएको आधिकारीक जानकारी सुक्रवार राति ९ः५० बजे आएको स्वास्थ्य शाखा रामधुनीका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार १८ जनाको रिपोर्ट नेगेटिभ आएपनि संक्रमणको लक्षण लामो समय पश्चात पनि दृखाउन सकिने भएकोले तिनीहरुलाई आ–आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बस्न नगरपालिकाले निर्देश गरिएको जनाए । उनले संक्रमित महिला सँग सम्पर्कमा रहेका वडा नं. ४ का थप २ जनाको समेत स्वाब परिक्षणको लागि पठाएको बताए । त्यसतै रामधुनीको झुम्का क्वारेन्टाइनमा रहेका २५ जना मध्ये ५ जनाको समेत स्वाब संकलन गरी पिसिआर टेष्टको लागि पठाएको जनाए ।
रामधुनी नगर प्रमुख जयप्रकास चौधरीले १९ जना मध्ये १८ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदै नगरले थप सतर्कता अपनाउनकालागि परिक्षण गराएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देश गरिएको जनाए । साथै उनले संक्रमित युवतीसँग सम्पर्कमा रहेको नगरका अन्य व्यक्तिहरुकोपनि आवश्यक जाँच गराउने तयारी गरिरहेको जानकारी दिए । प्रमुख चौधरीका अनुसार नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु सँगपनि उनी सँग सम्पर्क रहेका व्यक्तिको आवतजावत भएकोले तिनीहरुको पनि जाँच गरिने जानकारी दिए । नगर प्रमुख चौधरीले यतिखेर कोरोना विरुद्धको लडाइमा सम्पूर्ण राष्ट्र नै लागिरहेकोले सरसफाई तथा सामाजिक दुरी कायम गर्न नगरबासीहरुमा अनुरोध गरेकाछन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen