झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिकाका विभिन्न वडामा भारतबाट आएका १४ जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । नगर स्वास्थ्य सह संयोजक नगेन्द्र पौडेलले सो कुरा जानकारी दिएका छन् । उनका अनुसार तिनिहरुको आरडिटि परिक्षण आजै गरिएको हो । परिक्षणको रिपोर्ट नेगेटिभ आएको भएपनि तिनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देश दिदै सम्बन्धित निकाय सँग सम्पर्कमा रहन भनिएको छ ।