झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नपा वडा नं. ४ की युवतिमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि वडामा आवतजावत बन्द गरिएको छ । वडा नं. ४ का सिन्धुली टोलका बासी भक्तपुरमा स्वास्थ्यकर्मी (नर्स) भएर काम गर्दैगरेकी हुन् । उनी चैत्र १० गते रामधुनी आएकी थिइन् । करिव डेढ महिनाको बसाईमा उनी नगरपालिकाका धेरै व्यक्तिको सम्पर्कमा रहेको नगरपालिका श्रोतले जनाएको छ । भक्तपुर फर्किनु अघिपनि रामधुनी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय इनरुवा पासको लागि गएको जानकारी प्राप्त भएको छ । उनी लगाएत उनका परिवारका सदस्यहरु पनि बजार तथा नगरपालिकामा आवतजावत भएकोले यतिखेर नगरबासी लगाएत नगरपालिकाका जनप्रतिनिधिहरु समेत संकाको घेरा भित्र रहेको छ । उनी सँग प्रत्यक्ष सम्पर्कमा रहेका आफन्त तथा छिमेकका १९ जनाको जिल्ला अस्पताल इनरुवामा पिसिआर टेष्टको लागि पठाइएको थियो । उनीहरुको रिपोर्ट अहिले सम्म आइसकेको छैन् । कोरोनाको त्रासका कारण नगरबासीहरु १९ जनाको रिपोर्टको पर्खाइमा रहेका छन् ।
रामधुनी नगर प्रमुख जयप्रकास चौधरीले पिसिआर टेष्टको रिपोर्ट बिहीबार बेलुकी ६ बजे सम्ममा आउने जानकारी दिएपनि रिपोर्ट अहिले सम्म आएको छैन । रिपोर्ट नआए पनि नगरपालिकाले उच्च सतर्कता अपनाउन वडा नं. ४ का सडक पसल लगाएत शिल गरिएको छ । वडाका बासीहरुलाई आ–आफ्नो घरमा सुरक्षित बस्न निर्देश गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार उनी सँग सम्पर्कमा रहेका थप मानिसहरुको समेत नामावली संकलन गरिसकिएको छ । रिपोर्ट पोजिटिभ आएमा उनी सँग सम्पर्कमा रहेका सबैको आवश्यक जाँच गरिने तयारी नगरपालिकाले गरेको उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen