झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत रहेको झुम्का क्वारेन्टाइन केन्द्रमा मंगलबार भारतबाट आएका थप ३ जना मानिसलाई भर्ना गरिएको छ । कोरोना विरुद्धको लडाईलाई जित्न बाहिरबाट आएका मानिसहरुलाई उच्च सतर्कता अपनाउन चेकजाँचका लागि रामधुनीमा क्वारेन्टाइन केन्द्रको व्यवस्था गरिएको हो । झुम्काको क्षेत्रिय कृषि तालिम केन्द्रमा संचालित सो केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाबलको निगरानीमा रहेको छ ।

झुम्का क्वारेन्टाइन केन्द्र, सुनसरी


म्ंगलबार आएका ३ जना मध्ये २ जना श्रीलंका बाट दिल्ली हुँदै आएको हो, यो भन्दा अगाडि तिनिहरु दिल्लीको क्वारेन्टाईनमा पनि बसेको जनाएको छ । यो सँगै क्वारेन्टाईन केन्द्रमा १८ जना पुगेको छ । बैशाख २४ गते केन्द्रमा १५ जनालाई भर्ना गरिएको थियो । भर्ना भएका सबैको स्वस्थ्य स्थिति अहिले सम्म सामान्य रहेको केन्द्रमा रहनुभएकी शहरी स्वास्थ्य सेवा केन्द्र कुम्याहीका स्वास्थ्य इन्चार्र्ज प्रियङ्का चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार १५ जना मध्ये १३ जना भारतबाट आएका हुन भने २ जना उदयपुरबाट आएका हुन । उदयपुर बाट आएका दुबैजना बेलबारीका हुन । भर्नाभएकालाई क्वारेन्टाईनमा १४ दिन राखिने छ भने थप एक हप्ता घरमा सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने स्वास्थ्यकर्मी चौधरीले जानकारी दिनुभयो । आज समेत गरेर केन्द्रमा इनरुवा नगरपालिकाका ११ जना, बेलबारीका २ जना, दुधकोशीका १ जना,बराहाक्षेत्रका १ जना र रामधुनीका ३ जना रहेका छन् ।
रामधुनी नगरपालिका स्वास्थ्य शाखा ईन्चार्ज नगेन्द्र पौडेलले क्वारेन्टाईनमा भएका सबैजनाको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभयो । तिन सिफ्टमा खटिएका स्वास्थ्यकर्मीहरुबाट विहान बेलुका गन थर्मोमिटरबाट ज्वोरो नापिने र फोन सम्पर्कबाट तिनीहरुको स्वास्थ्य स्थिति बुझ्ने गरेको उहाँले जानकरी दिनुभयो । तिनीहरुको डिपिआर टेष्ट भने गरिएको छैन । १४ दिनको अन्तरालमा तिनीहरुको डिपिआर परिक्षण गरी परिणाम नेगेटिभ भेटिए घर पठाइने र पोजिटिभ भेटिए थप परिक्षणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने पौडेलले जानकारी दिनुभयो ।
यो भन्दा अगाडि केन्द्रमा बैशाख ४ गते विभिन्न स्थानका ३५ जनालाई राखिएको थियो । तिनीहरुको डिपिआर परिक्षणको नतिजा नेगेटिभ आएकोले १४ दिन पछि विदाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen