झुम्का, नविन कुमार चौधरी,
सुनसरीको रामधुनी नगरपालिकाले दोश्रो चरणको रोकिएको राहत वितरण कार्य आज आइतबारबाट पुनः सुचारु भएको छ । राहत वितरण कार्यको अनुगमन समितिले वितरण स्थलमै गएर वितरित चामल स्याम्पलको रुपमा संकलन गरी नगर प्रमुख जयप्रकास चौधरीको जिम्मा लगाइएको छ ।
नगरले दोश्रो चरणको राहत वितरणको लागि एक लाख केजी चामल खरिद गर्ने लगौना स्थीत गृह लक्ष्मी राईस मिलसँग सम्झौता गरिएको थियो । बजार मुल्य भन्दा बढी मुल्यमा खरिद गरिएको र तोकिएको ग्रेडिङ्क चामल पनि राईस मिलले नदिएको ठहर गर्दै झुम्का उद्योग बाणिज्य संघ तथा नेपाली काँग्रेस नगर समितिले ध्यान आकर्षण गराउँदा खरिद सम्झौता विवादमा परेको थियो । विवादका कारण राहत वितरण कार्य पनि स्थगित भएको थियो । रामधुनी नगरपालिका, नेपाली काँग्रेस नगर समिति र उद्योग बाणिज्य संघको त्रीपक्षिय बैठक पछि विवाद मिलेको थियो । बैठकले राहत वितरण कार्यको अनुगमनको माग गरी राहत वितरणलाई पनि निरन्तरता दिने प्रस्ताव गरेपछि सोही बमोजिम अनुगमन समिति निर्माण गरिएको थियो ।
बैशाख २६ गतेको नगरको बैठकल रामधुनी नगर उपप्रमुख सविना चौधरीको संयोजक्त्वमा नौं सदसिय समिति बनाएको थियो । समिति सदस्यहरु नेकपा प्रतिनिधि राम कोइराला, ने. का. प्रतिनिधि सुदिप अधिकारी, झुम्का उद्योग बाणिज्य संघ प्रतिनिधि ध्रमेन्द्र शाह, संघ संस्था प्रतिनिधि डिल्ली कार्की, नागरिक समाज प्रतिनिधि ईश्वरी प्रसाद न्यैपाने, वडाध्यक्षको तर्फबाट ४ नं. वडाध्यक्ष मनेष कुमार चौधरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि कैलाश कुमार अधिकारी र जिन्सी शाखा प्रमुख दुर्गेश विक रहेका छन् ।
समितिले आजको राहत वितरण स्थलमा गएर अनुगमन गरिएको प्रत्यक्ष अनुगमनमा उपस्थित ने.का नगर अध्यक्ष सुदिप अधिकारीले जानकारी दिए । अनुगमनमा संयोजक उपमेयर अनुपस्थित भएको कारण विभिन्न वडाबाट स्याम्पलको रुपमा चामल ल्याएको र उपमेयर कै रोहवरमा स्याम्पलको छानविन गरी समितिले प्रतिवेदन नगरलाई बुझाउने उनले बताए । अनुगमनमा अभिभावकको रुपमा मेयर जय प्रकास चौधरी पनि गएको उनले जानकारी दिए । दोश्रो चरणको पहिलो लटमा मिलले पठाएको चामल भनिए वा सम्झौता भए बमोजिम ग्रेडिङ्क चामल नभइकन राधा १२ र कान्छी चामल मिसिएको समेत उनले जानकरी दिए । मिश्रित चामल र मुल्यमा धेरै नै भिन्नता आएकोले हामीले अनुगमनको माग राखेको उनले जानकारी दिए ।

झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष ध्रमेन्द्र शाहले अनुगमन समितिले आजको राहत वितरण स्थल मै गएर अनुगमन गरिएको बताए । दोश्रो चरणको पहिलो लटको चामलमा मिसावट देखिए पनि आज वितरित चामल राम्रै पाइएको जानकरी दिए । आज वडा नं. १, २, ३, ४ र ७ मा अनुगमन गरिएको जानकरी दिदैं अनुगमनबाट स्याम्पलको रुपमा चामल संकलन गरी नगर प्रमुखको जिम्मा लगाएको जानकरी दिए । समितिले मंगलबार अन्य बाँकीका वडामा अनुगमन गर्ने जानकारी दिए ।

अनुगमन समितिले राहत वितरणको चामलमा अनुगमन गरेता पनि उपमेयरको रोहवरमा मात्र रिर्पोट तयार गरिने भएकोले अनुगमनको प्रतिवेदन भने आउन बाँकी नै रहेको छ । नगरले भने राहत वितरण कार्यलाई आजबाट नियमित रुपमा संचालन गरेको छ । नगर प्रमुख जयप्रकास चौधरीले राहत वितरण कार्य निकै नै ढिलो भएकोले यसलाई अनुगमनका साथ निरन्तरता दिएको बताउनुभयो ।