झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिका वडा नं. १ ले आइतबार १८० घर परिवारलाई राहत वितरण गरेको छ । वडा नं. १ ले दोश्रो चरणको राहत वितरण कार्यलाई ४ वटा वितरण केन्द्रमार्फत वितरण गरिने वडा सदस्य देवराज पोखरेलले जानकारी दिए । नगरपालिका वितरण केन्द्र, भासी मा.वि. वितरण केन्द्र, मोहनपुर वितरण केन्द्र र डुमैरिया वितरण केन्द्र मार्फत विपन्न परिवारलाई राहत वितरण गरिने जनाएको छ । उनका अनुसार आज नगरपालिका केन्द्र बाट नहर देखी उत्तर तर्फका २११ घर परिवारलाई राहत वितरण गरिने लक्ष्य लिएकोमा १८० घर परिवारलाई केन्द्रमा बोलाएर वितरण गरिएको हो । छुटेका परिवारलाई भने वडाले समायोजन गर्दैलाने बताए । नहर देखी उत्तर रहेका आदर्श टोल, ओमशान्ति टोल, हाटखोला टोल, उज्वल शान्ति टोल र टावर टोल विकास समिति अन्तर्गतका विपन्न परिवारलाई राहत वितरण गरेको छ । भोली भासी मावि केन्द्र र मोहनपुर केन्द्रबाट वितरण गर्ने छ भने मंगलबार डुमैरिया वितरण केन्द्रमा राहत वितरण गरिने छ । वडाले पहिलो चरणको राहतमा ९८५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । वडा नं. १ अन्तर्गत २५ वटा टोल विकास संस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen