झुम्का, नविन कुमार चौधरी
नेपाली काँग्रेस रामधुनी नगर कार्य समितिले नगरपालिकाले राहतका लागि खरिद गरिएको चामलको गुणस्तर र मुल्यमा अनियमितता भएको ध्यानाकर्षण गराउदै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नगरले सम्झौता गरिएको चामलको गुण र मुल्य तथा राहत वितरणमा अनियमितता भएको जनाउँदै छानविनको माग गरेको छ । छानविन समिति गठन गरी छानविनको माग गर्दै अति विपन्न परिवारको सूचि तयार गरी सर्वदलिय संयन्त्रबाट अनुगमन गरेर राहत वितरण कार्यलाई निरन्तरता दिन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरले खरिद गरिएको मंसुली ग्रेडिङ्ग चामल भनिए पनि वितरण गर्दा तोकिएको भन्दा न्युन स्तरको चामल पाएको र सो स्तरको मुल्य सम्झौता भए भन्दा कम हुनुपर्ने नेका नगर समितिको ठहर रहेको छ । समितिले कम गुणस्तरको चामल मिसावट भएकोकुलाई नगरले छानविन गरी राहत वितरणकार्यलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।
नगरपालिकाले भने सम्झौता गरिए अनुसारको चामलमा गृहलक्ष्मी राईमिलले केही प्रतिशत टुक्रा मिश्रण भएको स्वीकार गरी सकेकोले त्यसलाई सच्याएर जाने कुरा उद्योगीले स्वीकार गरेको बताएको छ । थप चामल खरिदमा नगरले प्रत्येक्ष निगरानीका साथ प्याकिङ्ग तथा खरिद गर्ने नगरप्रमुख जयप्रकास चौधरीले जानकारी दिनुभयो । प्रमुख चौधरीका अनुसार छानविनमा मिश्रण पाइएको चामलमा नगरले उद्योगीलाई कार्वाही गर्ने वा मुल्यमा ी समायोजन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen