झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिकाको दोश्रो चरणको राहत वितरण कार्य विना अवरोध निरन्तर सुरु हुने भएको छ ।
नगरपालिकाले दोश्रो चरणको राहत वितरणको लागि एक लाख किलोग्राम चामल खरिद गरिए सँगै बैशाख १७ गते बुधबारबाट विभिन्न वडामा खाद्यान्न पठाएको थियो । वडा नं. ५, ८ र ९ मा नगरले चामल राहतका लागि पठाएको थियो । ती वडाहरुले विपन्नलाई राहत वितरण पनि गरिरहेको थियो । यसैबिच नगरले खरिद गरेको चामलको मुल्य र गुणस्तरलाई लिएर केही विवाद हुँदा नगरपालिकाले सो कार्यलाई तत्कालका लागि स्थगित गरिएको थियो । झुम्का उद्योग बाणिज्य संघले चामलको मुल्य प्रति असन्तुष्टि जनाएपछि सो समस्या देखिएको हो । ३ दिन देखीको मुल्यलाई लिएर भएको विवादमाथिको छलफल आइतबार टुगिंएपछि नगरपालिकाले राहत वितरण कार्यलाई पुनः सुचारु चरिने निर्णय गरेको छ ।
नगरपालिकाले एक हप्ताको समयमा टेण्डर मार्फत न्युनतम मुल्यका प्रस्तावना बमोजिम झुम्काका गृहलक्ष्मी राईस मिल सँग चामल खरिद गरिने सम्झौता गरेको हो । मुल्य र गुणस्तर प्रतिको विवाद पछि नगरले पूर्ण निगरानीका साथ अधिक्तम ग्रेडिङ्गको चामल खरिद गर्ने निर्णयका साथ भोली सोमबार बाट राहत वितरण कार्य पुनः अगाडि बढाउने भएको छ ।
हाल सम्मको जानकारी अनुसार रामधुनी नगरपालिका वडा नं. ५ ले भने राहत वितरण कार्य लगभग सम्पन्न गरिसकेको वडाध्यक्ष डेगराज फुयाँलले जानकारी दिनुभयो । हिजो सम्ममा वडा नं. ५ ले ५९९ घर परिवारलाई वितरण गरिसकेको थियो भने केहीलाई आज पनि वितरण गरिरहेको जनाएको छ । दोश्रो चरणको राहत विवरणमा वडा नं. ५ मा ६५३ घर परिवारको लगत संकलन गरिएको वडाले जनाएको छ । पहिलो चरण.मा वडाले ५३० घर परिवारलाई राहत वितरण गरेको थियो ।
त्यसतै रामधुनी नगरपालिका वडा नं. ९ ले शुक्रबारबाट राहत वितरणको कार्य थालेको थियो । अति विपन्न तथा मुसहर बस्तीबाट थालिएको राहत वितरण कार्य पहिलो दिन १८० घर परिवारलाई वितरण गरिएको थियो भने दोश्रो दिन शनिबार २५० घर परिवारलाई राहत वितरण गरिएको थियो । वडाले आज सम्ममा ७०० को हाराहारीमा राहत वितरण कार्य सम्पन्न गरिसकेको र थप राहतका लागि चामल माग गरिएको जानकारी वडाबाट प्राप्त भएको छ । पहिलो चरण.मा वडाले १००८ घर परिवारलाई राहत वितरण गरेको थियो ।


त्यसतै रामधुनी नपा वडा नं. ८ मा आईतबार बाटै राहत वितरणको कार्य सुरु गरेर ६०० घर परिवारलाई राहत वितरण गरिसकेको वडा नं. ८का वडा सदस्य जगत नारायण चौधरीले जानकारी दिनुभयो । वडाले पहिलो चरणको राहत वितरणमा ४७५ घर परिवारलाई वितरण गरेता पनि दोश्रो चरणको राहतमा ११०० घर परिवारलाई वितरण हुने लगत संकलन गरिएको जानकारी चौधरीले दिनुभयो ।
रामधुनी नपाका अन्य वडालाई भने नगरले भोलीबाट खाद्यान्न पठाउने नगरले जनाएको छ । दोश्रो चरणको राहतमा नगरले चामल र नुन मात्र वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen