झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिकाले दोश्रो चरणको राहत वितरणका लागि नगरपालिकाको तर्फबाट १ लाख किलो ग्राम चामलको थप व्यवस्थापन गर्ने भएको छ । लामो समयसम्म भएको लकडाउनमा विपन्न घर परिवारको भोक व्यवस्थापनका लागि नगरपालिकाले मंगलबार बोर्डको बैठक बसी अति प्रभावित वडाबाट राहत वितरण कार्य थालनी गर्ने निर्णय गरेको छ ।
दोश्रो चरणको राहतमा नगरपालिकाको तर्फबाट चामल र नुन मात्र वितरण गर्ने नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिेनुभयो । चामलको व्यवस्थापन नगरले गरिने भएतापनि नुनको व्यवस्थापन वडाले नै गर्ने नगर प्रमुख चौधरीले बताउनु भयो । राहत वितरण भने पहिलो चरणको मापदण्ड बमोजिम नै क, ख, ग वर्गमा वर्गिकरण गरेर गरिनेछ । यसका साथै विभिन्न संघ संस्था तथा व्यक्तिबाट प्राप्त श्रोत (खाद्यान्न) बाट राहत वितरण कार्य गरिने जनाएको छ ।
पहिलो चरणको राहत वितरण कार्यक्रममा ७४०० घर परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । नौं वटै वडा मिलाएर राहतको रुपमा ९८ हजार ६० किलो ग्राम चामल, १२ हजार ३३ किलो दाल, २ हजार ८८९.५ लि. तेल, ११ हजार ५५८ वटा साबुन, ५,७७९ किलोग्राम नुन वितरण गरिएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । नगर प्रमुख चौधरीका अनुसार दोश्रो चरणको राहत वितरणमा परिवार संख्या बढने सम्भावना रहेको जनाएको छ । लामो समयको लकडाउनले गर्दा विपन्न परिवार बढ्न सक्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले एकद्वार प्रणालिबाट राहत वितरण गरिरहेकोले गर्दा विभिन्न दाता संघ संस्था तथा व्यक्तिहरुले नगरपालिकालाई नगद तथा खाद्यान्न हस्तान्त्रण गर्दै आइरहेको छ । राहत हस्तान्त्रणको क्रम अहिले पनि जारि रहेको छ । आज मात्र थाकस साविक गाविस एकाइहरुको संयुक्त पहलमा १२०० किलोग्राम चामल र २ बोरा नुन नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । विभिन्न दात्री निकायले नगरपालिकालाई राहत सामान हस्तान्त्रण गरिएपनि यसको वितरण कार्यक्रम सही ढंगबाट भइरहेको छ वा छैन भन्नेमा ठोस अनुगमन भएको छैन । नगरमा अनुगमन समिति बनेको भए पनि ठोस रुपमा अनुगमन भने भएको पाईदैन । विभिन्न वडामा पहिलो चरणको राहत वितरण कार्यक्रममा परिवारको संख्याको आधारमा खाद्यान्न वितरण भएको छ कि छैन, वास्तविक विपन्न परिवारले पाएको छ कि छैन यस विषयमा नगरपालिकाको तर्फबाट संचारकर्मी, दाता संघ संस्था तथा अनुगमन समितिका पदाधिकारी बाट प्रत्यक्ष रुपमा अनुगमन हुनुपर्ने विज्ञहरुको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen