झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिकाका विपन्न परिवारलाई दैनिक जिवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यका साथ थारुकल्याणकारिणी सभा गाउँ एकाई समितिद्वारा नगरपालिकालाई राहत समाग्री हस्तान्त्रण गरिएको छ । साविक भासी गाविस एकाई, सिंगिया गाविस एकाई, बक्लौरी गाविस एकाई र डुम्राहा गाविस एकाई, को संयुक्त सहकार्यमा संकलन गरिएको रकम बाट राहत सामान खरिदगरी नगरपालिकालाई जिम्मा लगाएको हो । साविकका ४ वटै एकाई समितिको तर्फबाट रु ५५५०५ बराबरको चामल, १२०० किलोग्राम र १०० किलोग्राम नुन नगर प्रमुख जयप्रकाश चौधरी र नगर उपप्रमुख सविना कुमारी चौधरीलाई हस्तान्त्रण गरिएको हो ।
हस्तान्त्रण कार्यक्रममा सहभागी थाकस जिल्ला कोषाध्यक्ष एवं राहत कार्यक्रम संयोजक तारादेवी चौधरीले नगरपालिकाका विपन्न तथा दैनिक मज्दुरी गर्ने मानिसहरु लकडाउनको अवस्थामा सहज जिवनयापन होस भन्ने उद्देश्यका साथ साविकका समितिबाट समन्वय गरी यो राहत उपलब्ध गराएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्व केन्द्रिय सभापति चन्द्रकुमार चौधरी, डुम्राहा एकाई अध्यक्ष जितन चौधरी, भासी एकाई अध्यक्ष नरेश चौधरी , सिंगिया एकाई अध्यक्ष सत्नीदेवी चौधरी, बक्लौरी एकाइ अध्यक्ष पुरण चौधरी, आदिबासी जनजाती महासंघ रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, व्यवसायी सुरेश चौधरी, पूर्व गाविस अध्यक्ष एवं थाकस सल्लाहकार शंकरलाल चौधरी लगाएतको सहभागिता रहेको थियो । राहत सामाग्रीकालागि सिंगिया गाविस एकाई अध्यक्ष सत्नी देवी चौधरीले नगदरु ५००० , सुरेश चौधरीले ५०००, तारादेवी चौधरीले २५०० लगाएत विभिन्न व्यक्तिहरु ६१ जनाले सहयोग गरेको रकमबाट सामान खरिद गरिएको हो ।
कार्यक्रममा राहत दातालाई सम्मान गर्दै उपलब्ध राहत सामाग्री नगरका विपन्न वर्गमा वितरण गरिने बताउनुभयो । उहाँले दाता व्यक्ति तथा थाकसलाई धन्यबाद दिदैं यस सहयोगले नगरको आर्थिकभार कमभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen