झुम्का, नविन कुमार चौधरी,
सुनसरीको झुम्का क्वारेन्टाइन केन्द्रका सबैजना सुरक्षित रहेको छ । बैशाख ४ गतेदेखी राखिएका ती मानिसहरु काठामाडौं र धादिङ्बाट आएका हुन् । १३ जना बराहाक्षेत्र नगरपालिकाका हुन, झापाका २ जना र भोजपुरका १ जना रहेका छन् ।स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएका तिनीहरुको मोबाइल नम्बर लिएर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्था सोधपुछ गर्ने गरेको र स्वास्थ्यमा केही समस्या देखिएमा तत्काल निदानकालागि औषधिको व्यवस्था गरिएको स्वास्थ्यकर्मी निरुपा कोइरालाले जानकारी दिनुभयो । अहिले सम्मको अवस्थामा कसैमा पनि कोरोना भाइरसको लक्षण नदेखिएको पाइएको र त्यसतो लक्षण देखिएमा तीनको स्वास्थ्य अवस्था परिक्षण गरी सम्बन्धित अस्पतालमा पठाइने जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुले विरामीको चेकजाँचका निम्ति विशेष साधनहरुको उपलब्धता रहेको बताउनुभयो । पिपिइ किट, मेडिकल पञ्जा, गन थर्मोमिटर, मास्क तथा सेनिटाइजर लगाएतका साधन उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राखिएका मानिसहरुको खानाको पनि छुट्टै व्यवस्था गरिएको र रामधुनी नगरपालिका स्वास्थ्य शाखाबाट व्यवस्थापन तथा निगरानी भइरहेको जनाएको छ । क्वारेन्टाइनमा राखिएका मानिसको स्वास्थ्य अवस्था जाँचकालागि २४ घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । प्रत्येक दिन दुई।दुई जनाको टिममा ३ सिफ्टमा खटाइएको छ । शनिबार विहान ७ बजेदेखी १ बजे सम्म स्वास्थ्यकर्मी निरुपा कोइराला र महेन्द्र मण्डल रहेका थिए । १ बजेदेखी ७ बजे सम्म इभिनिङ्ग सिफ्ट र रातिको नाइट सिफ्ट रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen