नविन कुमार चौधरी, सुनसरी, झुम्का । रामधुनी नगर सहकारी समन्वय समितिले शुक्रबार रामधुनी नगरपालिकालाई दुईलाख ८१ हजार २२१ रुपैंया बराबरको खाद्यान्न सामान हस्तान्त्रण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेको कारण सोको प्रभावबाट बच्न नगरले अति विपन्न तथा ज्याला मज्दुरी गर्ने नागरिकलाई परिवार संख्याको आधारमा खाद्यान्न वितरण गर्दै आइरहेको छ । नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न पनि गरिसकेको छ ।
कोभिड–१९नामक यस कोरोना भाइरसबाट बच्नकोलागि सरकारले लकडाउन गरेको आज ३१ दिन पुगि सक्दा पनि लकडाउन खुल्ने सम्भावना देखिएको छैन । दिन प्रतिदिन कोराना संक्रमण संख्या नेपालमा पनि बढिरहेको अवस्थामा लकडाउन खुल्ने कुनै सम्भावना नदेखिएकोले विपन्नलाई फेरीपनि राहतको आवश्यकता रहेको सत प्रतिशत अनुमान गर्न सकिन्छ । यहि कुरालाई मनन् गर्दै नगर सहकारी समन्वय समितिले अतिविपन्न जनताहरुको लागि भनेर नगरपालिकाको राहत कोषमा सो बराबरको खाद्यान्न सामान हस्तान्त्रण गरेको समितिका संयोजक खगेन्द्र काफ्लेले बताउनुभयो । समितिले ५५ क्वीन्टल चामल, २५० किलोग्राम दाल र २५० किलोग्राम नुन हस्तान्त्रण गरेको हो । समितिले नगरका २० वटा सहकारी संस्थाहरुबाट सो रकम संकलन गरी खाद्य सामाग्री जुटाएको हो । सम्पूर्ण सहकारी कर्मीहरुलाई संयोजक काफ्लेले धन्यबाद दिएका थिए ।
राहत सामाग्री ग्रहण गर्दै नगर प्रमुख जयप्रकास चौधरीले समन्वय समितिप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले राष्ट्रको अर्थतन्त्रमा तेश्रो खम्बाको रुपमा रहेको सहकारी संस्थाले आज विपन्न वर्ग प्रति देखाएको माया र सम्मानको कदर गर्दै सम्पूर्ण सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । संकटको दोसाँधमा व्यवसायी र संघ संस्थाहरुले नगरलाई आर्थिक सहयोग उपलब्ध भइरहँदा नगरले जनता प्रति थप जिम्मेबार भएर अगाडि बढन प्रेरित भएको बताउनुभयो । उहाँले विपन्नको चुलोलाई निभ्न दिन्नौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen